मन्थली नगरपालिकाले चालु वर्षको भन्दा ३ करोड घटाएर १ अरब १ करोड ९७ लाखको बजेट ल्यायो (भिडिओ)

| असार ६, २०८१ बुधबार

A A A
A A A

५ असार, रामेछाप । रामेछापको मन्थली नगरपालिकाले चालु वर्षको भन्दा ३ करोड घटाएर १ अरब १ करोड ९७ लाख ८१ हजार रुपैयाँको बजेट ल्याएको छ । चालु आर्थिक वर्ष २०८०/०८१ को लागि १ अरब ४ करोड ५४ लाख ९२ हजार ८ सय ३७ रुपैयाँको बजे ल्याएको थियो । 

 

आगामी आर्थिक वर्षका लागि चालु तर्फ ७० करोड ३५ लाख १० हजार अर्थात् ६८.९९ प्रतिशत र पूँजीगत तर्फ ३१ करोड ६२ हजार ३१.०१ प्रतिशत बजेट बिनियोजन गरिएको उपप्रमुख ईश्वरी बस्नेतले घोषणा गरिन् । 

 

मन्थली नगरपालिकाले राजश्व परामर्श समितिको निर्णय अनुसार आय व्ययको अनुमानित शीर्षक अन्तर्गत संघीय वित्तीय समानिकरण अनुदान तर्फ १८ करोड ३१ लाख, संघीय राजश्व बाँडफाँड तर्फ १३ करोड ४३ लाख, बागमती प्रदेश वित्तीय समानिकरण अनुदान २ करोड १ लाख ६९ हजार, बागमती प्रदेश राजश्व बाँडफाँड ५ करोड १४ लाख ८३ हजार ८५० तय गरेको छ । 

त्यस्तै आन्तरिक स्रोत तर्फ ३ करोड ९१ लाख, मालपोत रजिस्ट्रेसन तर्फ ७५ लाख, सशर्त अनुदान चालु र पुँजी संघीय सरकार ४३ करोड ८ लाख ७६ हजार, सशर्त अनुदान तर्फ (बागमती प्रदेश) २ करोड ८८ लाख ५ हजार, संघीय समपूरक अनुदान साझेदारी १ करोड ५० लाख, बागमती प्रदेश समपूरक अनुदान ३ करोड, बागमती प्रदेश विशेष अनुदान ८० लाख, नगद लागत साझेदारी (जनसहभागिता) १५ लाख, आन्तरिक आय ९० लाख, सञ्चित कोष ६ करोड ७९ लाख ४७ हजार १५ रुपैयाँ अनुमान गरिएको उल्लेख छ । 

 

त्यस्तै सडक बोर्ड हेफर तर्फ २१ लाख, ग्रामीण स्वास्थ्य र शिक्षा गुठी तर्फ १ करोड ६३ लाख ३९ हजार ६ सय ५२ र सामुदायिक विकास समाज (सिडिएस) लाई १ करोड ४६ लाख ८ हजार १७०  रुपैयाँ अनुमान गरिएको उल्लेख छ । 

 

त्यस्तै ल्याङ्फिल्ड साइड निर्माणको लागि ५० लाख, कृषि क्षेत्रको विकासका लागि ६०, पशुपक्षी विकासको लागि ७० लाख, सहकारी संस्था सुशासन प्रवर्द्धन गर्नको लाग १५ लाख, नगर धार्मिक तथा पर्यटकीय गन्तव्यको रूपमा विकास गर्नको लागि २५ लाख बिनियोजन गरिएको उपप्रमुख बस्नेतले घोषणा गरिन् । 

 

त्यस्तै शिक्षा, युवा तथा खेलकुदको लागि ५ करोड ३२ लाख, स्वास्थ्य तर्फ २ करोड ५ लाख, समग्रमा तलब भत्ता सेवा संचालको लागि १४ करोड बजेट बिनियोजन गरिएको उपप्रमुख बस्नेतले सार्वजनिक गरेको आगामी वर्षको बजेट वक्तव्यमा उल्लेख गरिएको छ । 

 

मिलन घिमिरे
| भदौ २९, २०८१ शनिबार