पूर्व अरनिको यातायातले रामेछाप, दोलखा र ओखलढुङ्गाका यी ठाउँमा चल्ने गाडी ‘हटायो’ (सूचीसहित)

| असार ६, २०८१ बुधबार

फाइल फोटो ।
A A A
A A A

५ असार, रामेछाप । असार लागेर सडक हिलाम्य हुन थालेपछि पूर्व अरनिको यातायात प्रा.लि.ले रामेछापका विभिन्न गाउँ बस्तीमा चल्ने सवारीको संख्या घटाएको छ । बर्खा लागेर बाटो पनि हिलाम्य हुनेर यात्रु पनि कम यात्रा गर्ने परिस्थितलाई ध्यानमा राखेर बसको संख्या घटाएको सेवा समितिले जनाएको हो । 

 

बुधवार रामेछाप टाइम्ससंग कुराकानी गर्दै समितिका संयोजक भुवन राउतले बसको संख्या घटाएको बताएका हुन् । ‘अहिले चलिरहेका सबै ठाउँमा गाडी जान्छन् । तर, ५ वटा जाने ठाउँमा ३ वटा मात्रै जान्छन् । पहिले ओहोर-दोहोर गाडी थिए । अब काठमाडौँबाट गएकै गाडीले यात्रु लिएर फर्कने हो’ भने । 

 

बुधवार एक सूचना जारी गर्दै पूर्व अरनिको यातायात प्रा.लिले रामेछाप, दोलखा र ओखलढुङ्गा जिल्लाका विभिन्न स्थानका गाडी सञ्चालनमा ‘हेरफेर गरिएको जनाएको थियो । 

 

सोही विषयमा रामेछाप टाइम्संग कुराकानी गर्दै संयोजक राउतले असार देखि आगामी भदौ १ गते सम्मको लागि गाडीको संख्या थप(घट गरिएको जानकारी गराएका हुन् । यात्रुले पहिलेकै जस्तो सुविधा पाउने उनको भनाई छ । 

 

मिलन घिमिरे
| भदौ २९, २०८१ शनिबार