मन्थली नगरपालिकाले आधुनिक बधशाला निर्माण गर्ने

| असार ७, २०८१ बिहिबार

फाइल फोटो ।
A A A
A A A

६ असार, रामेछाप । मन्थली नगरपालिकाले मासुको गुणस्तर कायम गर्न आधुनिक बधशाला निर्माण गर्ने भएको छ । 

 

हाल व्यवसायीहरूले व्यक्ति रूपमा संचालन गरेको भन्दा फरक बधशाला (मासु बिक्री केन्द्र) नभइरहेको अवस्थालाई मध्यनजर गरेर मन्थली नगरपालिकाले आगामी नीति तथा कार्यक्रममा बधशाला निर्माण गर्ने नगर प्रमुख लव श्रेष्ठले बुधवार सार्वजनिक गरेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । 

 

प्रत्येक सोमबार मन्थली–१ मा लाग्दै आएको सोमबारे हाटमा राँगा, भैँसी, सुँगुर, खसी, बोका र कुखुराको मासु बिक्री वितरण गरिँदै आएको बधशाला रहेको छ । तर, त्यो पनि व्यवस्थित र गुणस्तरीय मासुको बिक्री केन्द्र बन्न नसकी रहेको भन्ने गुनासो छ । 

 

मन्थलीका पसलमा बिक्रीको लागि राखिने अधिकांश राँगा भैँसीको मासु तामाकोशी नदी किनारको अव्यवस्थित रूपमा फालिँदै आएको फोहोर फाल्ने स्थानको आसपास काटेर बेच्दै आएका छन् । यसले उपभोक्ताले गुणस्तर हीन मासु उपभोक गर्दै आएका छन् । 

 

मन्थली-१ सोमबारे हाटमा यसरी बिक्री हुन्छ मासु हेर्नुहोस् ....