उमाकुण्डमाः मद्यपाहाडी राजमार्ग मर्मतको काम अन्तिम चरणमा, बर्खामा पनि गाडी चल्ने (भिडियोसहित)

| असार ६, २०७८ आइतबार

फाइल फोटो
A A A
A A A

०६ असार, रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका जोड्ने पालिकाको मुख्य मार्ग मद्पहाडी राजमार्गमा पुःन निर्माणको अन्तिम चरणमा पुगेको छ । सो सडक बने पालिकाका ७ वटै वडाहरु पालिकासंग कच्चीसडक मार्फत् जोडिने छन् । पालिकाको केन्द्रसंग जोडिएको उक्त सडक वडा नं गुम्देलसम्म छ ।

 

पालिकासंग छोटो दूरी भएर जोडिएको मद्पाहाडी राजमार्ग बर्षायाम सुरु हुनु अगावै पुःन निर्माण हुने भनिएकोमा कोरोना महामारी लगाएत अन्य विविध कारणले आवतजावत् हुन नसक्ने गरि बिग्रीएको थियो । ढिला गरि पुःन निर्माण भैरहेको उक्त सडकको अहिले पानी ढल खन्ने, कुलो काट्ने, सोलीङ् गर्ने, वाल लगाउने, मोड ठूलो बनाउने, भत्तिएका माटोको ढिस्को हटाउने, पहिरोको जोखिम क्षेत्रमा पहिरो रोकथाम गर्ने लगाएतका काम भैरहेको छ ।


मर्मतको काम भैरहेको उक्त सडक वडा नं १ गुम्देलमा ९५ प्रतिशत सम्पन्न भएको वडा सचिव सूर्य थापाले रामेछाप टाइम्सलाई बताए । उनले भने-'कोरोना महामारी लगाएतले निर्माणमा बाधा पुर्याए पनि काम लगबग सकिने चरणमा छ । सुर्माखोलादेखि खल्डाँडासम्मको काम ठाउँ-ठाउँमा मर्मत गर्नु पर्ने थियो अब सकिन लागेको छ ।'

 
त्यस्तै पालिका अध्यक्ष शेरबहादुर सुनुवाले पनि सडक निर्माणको काम सकिने चरणमा रहेको रामेछाप टाइम्सलाई बताए । उनले भने-'अब चालुआर्थिक वर्षमा काम गर्ने समय धेरै दिन छैन् । त्यसैले अब करिव १० दिनमा सकड निर्माणको काम सकिने छ । गुम्देलमा काम अन्तिम चरणमा पुगेको जानकारी पाएको छु । बाम्तीमा काम जारी छ । भने वडा नं ३ कुँबुँकास्थलीमा भने काम सुरु भएको छैन् भन्ने सुनेको छु । त्यो एक दुई दिनमा सुरु हुने छ । प्रितीमा काम जारी छ । अलिअली बाँकि काम भैरहेको छ । भुजी र गुप्तेश्वरमा पनि काम धमाधम हुदै छ भने ।' 

भिडियो हेर्नुहोस्

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार