मन्थली नगरपालिकाले एम फिल र पीएचडी पढ्नेलाई ३० र ५० हजार दिने

| असार ७, २०८१ बिहिबार

सांकेतिक तस्बिर ।
A A A
A A A

६ असार, रामेछाप । मन्थली नगरपालिकाले नगरवासीलाई (एम.फिल र पी.एच.डी) अध्ययन गर्न प्रोत्साहन गर्ने भएको छ ।

 

त्यसको लागि नगरपालिकाले प्रोत्साहन स्वरूप क्रमशः ३० हजार र ५० हजार उपलब्ध गराउने भएको 

 

आगामी आर्थिक वर्ष २०८१/०२८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरपालिका प्रमुख लव श्रेष्ठले उक्त घोषणा गरेका हुन् । 

 

शिक्षाको विकास गर्न भन्दै यो नगरले १४ वटै वडाबाट १–१ जना विद्यार्थीलाई निःशुल्क विज्ञान विषय (कक्षा ११–१२) मा अध्ययन गराउन मन्थली माद्यामिक विद्यालयलाई दिँदै आएको छात्रवृत्ति अनुदानलाई निरन्तरता दिँदै कृषि र पशु विज्ञान अध्ययन गर्न १४ वटै वडाबाट १–१ जनालाई रामेछाप पोलिटेक्निकमा अध्ययन गर्ने व्यवस्था समेत मिलाउने नीति तथा कार्यक्रममा उल्लेख छ ।