रामेछाप टाइम्स समाचार प्रभाव : मन्थली नगरबाट क्विन सहकारीले अनुमति लिएको तथ्य, संचालक विवरणमा अझै ‘गोलमाल’ (प्रमाणपत्रसहित)

| असार ९, २०८१ शनिबार

A A A
A A A

८ असार, रामेछाप । व्यवस्थित कार्यालय खोलेर एक हजार बचतकर्ताबाट धमाधम बचत संकलन गर्दै आएको क्विन बचत तथा ऋण सहकारीले मन्थली नगरपालिकामा व्यवसाय इजाजत एवं अनुमति लिएको  पाइएको छ । 

 

रामेछाप टाइम्सलाई उक्त सहकारी बिना अनुमति यहाँ कार्यालय राखेर धमाधम बचत उठाएर करडौं रकम जोखिममा पारेको गोप्य सूचना प्राप्त भएपछि कार्यालयमा स्थलगत रिपोर्टिङको क्रममा समेत कुनै दर्ता र व्यवसाय इजाजत पत्र नराखेको पाइएको थियो । साथै कार्यालयका असिस्टेन्ट म्यान्जेर पदमा कार्यरत विकेश श्रेष्ठसँग कागजात र संचालक समितिसहितको विवरणहरू (कागजपत्र) माग गर्दा समेत उनले दिन सम्म उपलब्ध नगराएपछि रामेछाप टाइम्सले–मन्थलीमा संचालित क्विन बचत तथा ऋण सहकारी संस्थाले एक हजार बचतकर्ताको लाखौँ रकम यसरी पार्दैछ जोखिममा शीर्षकमा समाचार सार्वजनिक गरेको थियो । 

 

सहकारीले समाचार सार्वजनिक भएपछि दर्ता र व्यवसाय सञ्चालन इजाजत पत्र शुक्रवार मात्रै रामेछाप टाइम्सलाई उपलब्ध गराएको हो । रामेछाप टाइम्सलाई प्राप्त विवरणमा मन्थली नगरपालिकाका शाखा अधिकृत उज्वल पोखरेलले २५ मंसिर २०८० मा सूचीकृत भएको पत्र दिएको उल्लेख छ । 

 

नगरपालिकाले उक्त सहकारीलाई सेवा केन्द्रको अनुमति दिए पनि सहकारीले भने केन्द्रीय कार्यालय जसरी बोर्ड राखेको पाइएको थियो । यद्दयपी समाचार सार्वजनिक भएपछि भने केन्द्रीय कार्यालयले सेवा केन्द्र उल्लेखित बोर्ड तत्काल पठाउने जानकारी आएको सहकारीका असिस्टेन्ट म्यान्जेर श्रेष्ठ रामेछाप टाइम्सलाई बताए । ‘पहिले कसैले बोर्डको बारेमा कुरा उठाएका पनि थिएनन् । अब, केही दिन भित्रै पठाउने जानकारी आइसक्यो ।’

 

यद्दयपी उनले उक्त सहकारीका अध्यक्ष र संचालक समितिको पूर्ण विवरण भने अहिले पनि दिन सकिरहेका छैनन् । 

 

यो हेर्नुहोस् सहकारीका दर्ता, सूचीकृत लगाएतका प्रमाणपत्र