रामेछाप नगरपालिकाले साँघुटार स्वास्थ्य चौकीलाई नगर अस्पताल बनाउने

| असार १०, २०८१ सोमबार

सांकेतिक तस्बिर ।
A A A
A A A

१० असार, रामेछाप । रामेछाप नगरपालिकाले साँघुटार स्वास्थ्य चौकीलाई नगर अस्पतालको रूपमा सञ्चालन गर्ने भएको छ । 

 

आइतबार सार्वजनिक गरिएको नगरको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममा सांघुटार स्वास्थ्य चौकीलाई नगर अस्पतालको रूपमा विकास एवं स्तर उन्नति गरी सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । 

 

रामेछाप जिल्लाको एक मात्रै जिल्ला अस्पताल (रामेछाप अस्पताल) र जिल्ला स्वास्थ्य कार्यालय (जनस्वास्थ्य कार्यालय) समेत यसै नगरमा रहको छ । यी अस्पतालहरूमा पर्याप्त मात्रमा बिरामी उपचारको लागि नआएको बारेमा बारम्बार कुरा उठ्दै आएको छ ।  

 

सो अवस्थामा नगरले भने आफ्नै अस्पताल सञ्चालन गर्ने नीति अगाडि सारेको हो ।