बिटार पार्कमा पर्यटन प्रवर्द्धनको लागि रामेछाप नगरले छुट्यो १० लाख बजेट

| असार ११, २०८१ सोमबार

A A A
A A A

१० असार, रामेछाप । कोरोना महामारीको बेलामा घरमै थुनिएर बस्नु पर्ने बाध्यतालाई चिर्न मन्थलीका केही युवाहरूले समय व्यतीत गर्ने बहानामा सुरु गरेको रामेछाप नगरपालिका वडा नं ८ स्थित बिटार पार्क निर्माणको लागि रामेछाप नगरपालिकाले १० लाख बजेट विनियोजन गरेको छ । 

 

जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाबाट नजिकै पर्ने रामेछाप नगरपालिकाको वडा नं ८ स्थित यो पार्क निर्माणको लागि विगतका वर्षहरूमा पनि बागमती प्रदेश सरकार र यो नगरले बजेट उपलब्ध गराएपछि केही पूर्वाधार तयार पारिएको थियो । 

 

जिल्ला सदरमुकाम आसपासमा घुम्नको लागि कुनै पनि  पार्कहरू एवं मनोरञ्जन स्थलहरू नभइरहेको बेलामा निर्मित यो पार्क निर्माणाधीन चरणमै रहेको छ । 

 

नगरमा आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्नको लागि नगरले वडा नं ८ बाट खर्च हुने गरी १० लाख बजेट विनियोजन गरिएको उपप्रमुख बालाकुमारी कार्की (थापा) ले घोषणा गरिन् ।

 

योसँगै अब थप संरचनाहरू बन्ने भएको हो ।