रामेछाप नगरपालिकाले नगरलाई ‘प्लाष्टिक शून्य’ र ‘एक टोल, एक पोखरी’ निर्माण गर्ने

| असार ११, २०८१ सोमबार

मन्थली नगरपालिका वडा नं १ सानीमदौं सामुदायिक वनमा सो वनको समितिले बनाएको रिचार्ज पोखरी, तस्बिर फाइल ।
A A A
A A A

१० असार, रामेछाप । रामेछाप नगरपालिकाले नगरलाई ‘प्लाष्टिक शून्य’ नगर बनाउने भएको छ । साथै एक टोल एक पोखरी बनाउने भएको छ । 

 

आइतबार सार्वजनिक गरिएको नगरको आगामी नीति तथा कार्यक्रममा प्लास्टिकजन्य पदार्थहरूबाट नगरको बजार क्षेत्र, सडक छेउछाउ, ऐतिहासिक, धार्मिक तथा पुरातात्त्विक सम्पदा तथा पर्यटकीय क्षेत्रहरू बढ्दो प्रर्दुषण नियन्त्रणको लागि ‘प्लाष्टिक शून्य रामेछाप नगरपालिका’ अभियान सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । 

 

त्यस्तै यो नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ मा ‘एक टोल, एक पोखरी’ अभियान सञ्चालन गर्ने नीति अगाडि सारेको छ । 

 

सुख्खा ग्रस्त क्षेत्रको परिस्थितिलाई मध्यनजर गरेर वन क्षेत्रमा मुहान संरक्षण तथा पोखरी निर्माण गरी पर्यावरण र जङ्गली पशुपक्षी संरक्षणका लागि उक्त पोखरी निर्माण अभियान अगाडि राखिएको नगरपालिकाका प्रवक्ता समीर कार्कीले पत्रकार सम्मेलनमा बताए । 


 

त्यस्तै बाँदर नियन्त्रणको लागि फलफूलका बिरुवा रोपण गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।