शैक्षिक सुधार र उत्पादनसँग जोडेर रामेछाप नगरले सार्वजनिक गर्‍यो नीति तथा कार्यक्रम: बुद्धपार्क निर्माणदेखि शहीद गंगला र पुष्पलाल श्रेष्ठको जन्मस्थल सम्म (पूर्णपाठसहित)

| असार ११, २०८१ सोमबार

A A A
A A A

०९, असार रामेछाप । ७३ करोड ६ लाख ६८ हजार ४ सय ८३ रुपैयाँको बजेट ल्याएको रामेछाप नगरपालिका जनताको आवश्यकतालाई पूरा गर्न भन्दै आगामी आर्थिक वर्षको  नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

 

आइतबार नगरपालिका प्रमुख लवश्री न्यौपानेले उपप्रमुख बालाकुमार कार्की (थापा), प्रमुख प्रशासकीय अधिकृत मित्र प्रसाद घिमिरे, ९ वटै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्यहरू र पत्रकार, संसारकर्मीसहितको उपस्थितिमा नगरपालिका प्रमुख न्यौपानेले विद्यार्थी बाहिरिने क्रमलाई रोकी गुणस्तरीय शिक्षा प्रदान गर्न वडा नं १ को चण्डेश्वरी माद्यामिक विद्यालयलाई प्रशासकीय केन्द्र मानी ‘मेघा’ विद्यालय सञ्चालन गर्ने, कक्षा ५ र ८ शिक्षाको गुणस्तर मापन गर्न नगर स्तरीय परीक्षा सञ्चालन गर्ने, मातृ तथा नव शिशु कार्यक्रमको लागि संस्थागत सुत्केरी सेवा विकास गर्न सबै बर्थिङ सेन्टरलाई व्यवस्थित गर्दै निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने नीति तथा कार्यक्रम लिएको सार्वजनिक गरेका हुन् । 

 

त्यस्तै ‘ज्येष्ठ नागरिकसँग मेयर कार्यक्रम’, ‘दही मही खाऔँ, कोल्ड्रिङ्स भगाऔँ’ घरपालुवा जनावरहरूलाई खोप तथा बन्ध्याकरण, माटोको दिगो उर्वरा शक्ति वृद्धि गर्न प्राङ्गारिक मल र गँड्यौला मलको प्रोत्साहन, रैथाने वालिको संरक्षण र सम्वद्धन गर्ने, साँघुटारलाई मत्स्यपालन  व्यवसाय प्रवर्द्धन र वडा नं २ मा मौरी स्रोत केन्द्र स्थापना सञ्चालनमा ल्याउने, चुरा, पोते, फाइबर झोला बुनाई, कफी बनाउने लगायतका सिपबिकास तालिम सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । 

त्यस्तै पर्यटन प्रवर्द्धनका लागि वडा नं ६ को लामसाङडाडामा बुद्धको मूर्ति स्थापना गरेर बुद्ध पार्क निर्माण गर्ने र सो नगरकै शहीद गंगला र पुष्पलाल श्रेष्ठको जन्मस्थल, तारा खसे पोखरी, भालुखोप भ्यूटावर, बिटार पार्क, केबलेश्वर महादेव मन्दिर, बाल कन्या मन्दिर, बाबिया खर्क महाकाली मन्दिर, मुडाजोर लगायतका स्थानीय मठ मन्दिरहरूलाई धार्मिक तथा पर्यटकीय क्षेत्र तथा पूर्वधारहरुको संरक्षण र प्रवर्द्धन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । 

 

नगरले शैक्षिक सुधार देखि उत्पादनसँग जोडेर आगामी नीति तथा कार्यक्रमहरू सार्वजनिक गरेको छ । भने पूर्वाधार तर्फ बुद्ध पार्क निर्माणलाई आगामी नीति कार्यक्रममा समावेश गरेको छ । 

 

यो हेर्नुहोस् आगामी नीति तथा कार्यक्रमहरु