लिखु तामाकोशी गाउँपालिकामा कर्मचारीको ‘हालीमुहाली’, हाकिमले भने - ‘नीति कार्यक्रम लेख्नै भ्याइन’

| असार १२, २०८१ मंगलबार

A A A
A A A

११ असार, रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिकामा कर्मचारीले चरम लापरबाही गर्ने गरेको खुलेआम आरोप लागेको छ । गाउँपालिकाबाट विनियोजित बजेट तथा योजनाहरू धेरै जसो कर्मचारीहरू आफैले विभिन्न नाममा योजना हालेर काम गरेर भुक्तानी लिने, आफ्नैलाई मात्रै दिने जस्ता गतिविधि हुने गरेको भन्दै १३ औँ गाउँ सभामा सोमबार राजनीतिक दलहरूले चर्को असन्तुष्टि जनाएका छन् । 

 

साथै, गाउँ सभामा प्रस्तुत गर्ने नीति तथा कार्यक्रम नै लेख्नलाई ‘भ्याएन’ भन्दै कर्मचारीले तयार पारिएको गाउँ सभाको कार्यक्रमलाई हेलचेक्रयाइ गर्दा कर्मचारीको चरम लापरबाही छताछुल्ला भएको हो । 

 

हाल सम्म गाउँपालिका भवन बन्न नसकेर कार्यक्रम हल समेत नभएको यो पालिकाको गाउँ सभाको लागि गाउँपालिकाको केन्द्र स्थित झट्टेश्वर माद्यामिक विद्यालयमा बिहान ११ बजेको लागि निमन्त्रणा गरिएका  जनप्रतिनिधि एवं गाउँ सभा अध्यक्ष र सदस्यहरू, नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहितका राजनीतिक दल र पत्रकारहरूलाई डाकिएको थियो । 

 

तर, प्रमुख प्रशासकीय अधिकृत धनेन्द्र भुजेलसहितका कर्मचारीहरूले गाउँ सभामा प्रस्तुत आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम समय मै जिम्मेवार तरिकाले पूरा नगर्दा (लेखि नसक्दा) कार्यक्रमका लागि पुगेका सबै कर्मचारीको चरम लापरबाही भन्दै आक्रोशित बन्न पुगेका थिए । 

बिहान ११ बजेका लागि डाकिएको गाउँ सभा दिउँसो १ बजे सम्म पनि प्रमुख प्रशासकीय अधिकृत कार्यक्रम स्थलमै नआएपछि गाउँपालिका अध्यक्ष एवं सभाका अध्यक्ष केशव महत सहभागीहरूलाई रोक्नको लागि विभिन्न आश्वासन दिन बाध्य भएका थिए । 

 

कार्यक्रम स्थलमा बिहानै पुगेका कर्मचारीहरू ‘सेल्फि’ र गफमा भुलिए पनि राजनीतिक दलका नेताहरू कर्मचारीले गाउँपालिकालाई अस्त–व्यस्त पार्नु दुःखद हो भन्दै आक्रोशित बनेका हुन् । 

 

निर्धारित समय भन्दा तीन घण्टा ढिला गरी हातमा नीति तथा कार्यक्रमको फाइल बोकेर १ बजेट १५ मिनेट आसपास कार्यक्रम स्थल झट्टेश्वर माविको भर्‍याङ उक्लिएका प्रमुख प्रशासकीय अधिकृतले भुजेललाई गाउँपालिकाका कर्मचारी भन्दा (परिचित बाहेक) अरू कसैले चिन्न सकेनन् । कारण थियो । गाउँ सभाका सचिव समेत रहेका प्रशासकीय अधिकृत भुजेलले बजेट लेख्न मात्रै नभ्याएर कर्मचारीको पोसाकमा समेत थिएनन् वा लगाउन भ्याएनन् । 

नमस्कार, नमस्कार, नमस्कार ! भन्दै कार्यक्रम हल प्रवेश गरेका प्रशासकीय अधिकृत भुजेललाई तयार पारिएको मञ्चमा तीन घण्टा बिताउन बाध्य गाउँपालिकाका अध्यक्ष एवं सभाका अध्यक्ष महत सहित राजनीतिक दलका प्रमुखहरू उठेर स्वागत भन्दै महतले फाइल बुझेका थिए । 

 

लगत्तै कार्यक्रम सुरु गरेका प्रशासकीय प्रमुखले ढिला भएकोमा माफी माग्दै गाउँ सभा सञ्चालन गरे । कार्यक्रम उद्घोष गर्दा सम्म पटक–पटक गाउँ सभा नभई आम सभा उद्घोषित गरेका प्रशासकीय प्रमुख एवं गाउँ सभा सचिव भुजेललाई पत्रकारहरूले कार्यक्रम स्थलमा किन ढिलाइ आउनु भयो भनेर प्रश्न गर्दा ‘नीति कार्यक्रम लेख्नलाई भ्याइएन । हिजो अस्ति भुक्तानीमा व्यस्त भइयो’ भने । 

पालिका अध्यक्ष केशव महत, प्रमुख प्रशासकीय अधिकृत धनेन्द्र भुजेल, नेपाली कांग्रेसका सभापति भोजराज खड्का (सुन्दर) र नेकपा एमालेका अध्यक्ष केशर पौडेल (केबी)

 

कार्यक्रममा शुभकामना दिँदै नेकपा माओवादी केन्द्रका नेता ध्रुव कार्कीले कर्मचारीहरूलाई नीति त कानुन लाग्दैन भन्दै आक्रोश पोखे । कर्चारीहरु नीति र विधि भित्र चल्नु पर्नेमा जोड् दिँदै गाउँपालिकाका नेतृत्वले समेत कर्मचारीहरूलाई सही ढङ्गमा चलाउनु पर्छ भने । 

 

त्यसपछि सौहार्द पूर्ण तरिकाले सञ्चालित उक्त कार्यक्रममा नेपाली काँग्रेसका नेता राम कुमार खड्का (प्रमुख अतिथि) सहित काँग्रेस गाउँपालिका सभापति भोजराज खड्का (सुन्दर), नेकपा एमालेका पालिका अध्यक्ष केशरबहादुर पौडेल (केबी), माओवादीका कार्की र रास्वपाका रवीन्द्र महातराले पालिकालाई सुशासन, अनुशासन सहित समृद्ध लिखु तामाकोशी गाउँपालिका निर्माणमा जुट्न, हातेमालो गर्न र मिलेर लाग्न आग्रह गर्दै शुभकामना दिए । 

 

त्यसपछि गाउँ सभाका अध्यक्ष महतले आगामी नीति तथा कार्यक्रम प्रस्तुत गरे । आगामी वर्षको नीति तथा कार्यक्रम मात्रै सार्वजनिक गरेर त्यसमाथि वृहत छलफल गर्ने र १७ गते भित्र बजेट प्रस्तुत गर्ने गरी तयारी अगाडि बढाइएको पालिकाका अध्यक्ष महतले जानकारी गराए । 

 

यो हेर्नुहोस् कर्मचारी प्रति आक्रोश पोखिएको नेकपा माओवादी केन्द्रका ध्रुव कार्कीको भिडिओ जस्ताको तस्तै 

 

मिलन घिमिरे
| भदौ २९, २०८१ शनिबार