रामेछापको गोकुलगंगा गाउँपालिकाले ल्यायो ५० करोड ३३ लाख बजेट

| असार १२, २०८१ मंगलबार

A A A
A A A

११ असार, रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१-०८२ का लागि ५० करोड बढीको बजेट ल्याएको छ । सोमबार गाउँपालिकाको सभा हल रस्नालुमा आयोजित १५ औँ गाउँ सभामा पालिकाकी उपाध्यक्ष उषादेवी कार्कीले पालिका अध्यक्ष काजीबहादुर खड्का (दिनेश), प्रमुख प्रशासकीय अधिकृत उमेश कुमार यादव, ६ वटै वडाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, पत्रकार, सञ्चारकर्मी र गाउँपालिकाका कर्मचारीहरूसहितको उपस्थितिमा ५० करोड ३३ लाख २० हजार १५० रुपैयाँ बराबरको बजेट घोषणा गरेकी हुन् । 

 

जसमा वडागत रूपमा ४ करोड ५०, प्रशासनिक चालु तर्फ ११ करोड ७३ लाख, शसर्त तर्फ २० करोड ६५ लाख ६५ हजार, समपूरक तर्फ ५ करोड २० लाख, विशेष अनुदान तर्फ ५० लाख बजेट विनियोजन गरिएको घोषणा गरेकी हुन् । 

 

त्यस्तै उपाध्यक्ष कार्कीका अनुसार पालिकाका विभिन्न शाखागत, क्षेत्रगत र भुक्तानी हुन बाँकी योजनको खर्चसमेत गरी ७ करोड ७४ लाख ५५ हजार १५० रुपैयाँ छुटाइएको छ । 

सङ्घीय सरकारबाट यो पालिकाले आगामी आर्थिक वर्षमा ११ करोड ७६ लाख, राजश्व बाँडफाँड ९ करोड २३ लाख, समपूरक अनुदान ६० लाख, सशर्त अनुसार १९ करोड १३ लाख १७ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ ।  

 

त्यस्तै प्रदेश तर्फबाट समानिकरण अनुदान १ करोड २० लाख ७४ हजार, सवारी कर घर जग्गा रजिस्ट्रेसन मनोरञ्जन कर ३ करोड २७ लाख ८१ हजार १५०, समपूरक अनुदान तर्फ २ करोड, शसर्त अनुदान १ करोड ५२ लाख ८४ हजार, विशेष अनुदान ५० लाख समेत गरी ५ करोड २३ लाख २२ हजार आय अनुमान गरेको छ ।