रामेछाप नगरपालिकाले जुनार, खुर्पाने, आरुसहितका फलफूलबाट उत्पादित मदिरालाई ‘ब्राण्डिङ’ गरी बजारीकरण गर्ने

| असार १३, २०८१ बुधबार

फाइल फोटो ।
A A A
A A A

१२ असार, रामेछाप । रामेछाप नगरपालिकाले लोकल मदिरालाई ‘ब्राण्डिङ’ गर्ने भएको छ ।

 

त्यसको लागि आवश्यक कानुन निर्माण गर्न भएको हो । 

 

आइतबार सार्वजनिक आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममा स्थानीय स्तरमा उत्पादन हुने जुनार, आरु, खुर्पानी जस्ता फलफूल, अन्नबाली र जडीबुट्टिबाट मदिरा उत्पादन गर्ने कानुन निर्माण र त्यसको बराजिकरणका लागि आवश्यक प्रक्रिया अगाडि बढाइने नीति लिएको उल्लेख छ । 

 

पत्रकार सम्मेलन गर्दै नगरका प्रवक्ता कार्कीले हाल नगरका स्थानीयहरूले उत्पादन गर्दै आएको ‘लोकल’ (रक्सी, जाँड) लाई ब्राण्डिङ गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार सम्म पुर्‍याउन पहल गरिने बताए ।