समाचार प्रभावः मन्थलीमा संचालित क्विन बचत तथा ऋण सहकारी विधिवत् रूपमा चल्न थाल्यो

| असार १३, २०८१ बुधबार

A A A
A A A

१२ असार, रामेछाप । रामेछापको सदरमुकाम मन्थलीमा व्यवस्थित कार्यालय सञ्चालन गरेर कारोबार गर्दै आएको क्विन बचत तथा ऋण सहकारी संस्था विधिवत् रूपमा चल्ने प्रक्रिया अगाडी बढेको छ । 

 

काठमाडौँ चावेलमा केन्द्रीय कार्यालय रहेको यो सहकारीले मन्थलीमा कार्यालय खोलेर छोटो समयमै २ करोड ७५ लाख बढीको कारोबार गरी सकेको छ । तर, सेवा केन्द्रको रूपमा सञ्चालन हुनु पर्ने यो सहकारीले कार्यालयमा कुनै पनि दर्ताको कागजातहरू समेत नराखी, सेवा केन्द्रको बोर्ड पनि नराखी सञ्चालन भएको पाइएपछि रामेछाप टाइम्सले समाचार प्रकाशन गरेको थियो । 

 

रामेछाप टाइम्सले समाचार प्रकाशन गर्दाको मिति सम्म ९९९ जना सदस्य रहेको यो सहकारीले अहिले दर्ताका कागजात राखेको, सहकारी सञ्चालकहरू विवरण खुलाएको र कार्यालयमा राखिएको बोर्ड तत्कालै फेर्ने प्रक्रियामा रहेको शाखाका असिस्टेन म्यानेजर विकेश श्रेष्ठले बताए । 

 

‘डकुमेन्टहरू राखिसक्यौँ, बोर्ड तत्कालै फेर्नको लागि काम हुँदै छ भने, जिल्ला सहकारी संघ लगायतका छाता सङ्घहरू सँग पनि नयाँ आर्थिक वर्ष (साउन) देखि आबद्ध हुनको लागि छलफल भइरहेको बताएका हुन् । 

 

समाचार सार्वजनिक भएपछि आफूहरूलाई जिल्लामा सहकारीको शाखा कार्यालय हो भनेर सञ्चालन गर्न मौका मिलेको भन्दै अब बिधिवत रूपमा शाखा सञ्चालन गर्ने दाबी विकेशको छ । 

 

त्यस्तै सहकारीका अध्यक्ष हेम्चन लामाले पनि सहकारी विधिवत् रूपमा दर्ता भएर सञ्चालन गरेको बताउँदै जिल्लामा अब नीति र विधि भित्र रहेर सञ्चालन गर्ने धारणा राखे । 

 

आफूहरूको सहकारीमा बचतकर्ताले जम्मा गरेको बचत जोखिममा नरहेको असिस्टेन म्यानेजर श्रेष्ठले दाबी गरे । 

 

यो पनि पढ्नुहोस् 

मन्थलीमा संचालित क्विन बचत तथा ऋण सहकारी संस्थाले एक हजार बचतकर्ताको लाखौं रकम यसरी पार्दैछ जोखिममा ?

रामेछाप टाइम्स समाचार प्रभाव : मन्थली नगरबाट क्विन सहकारीले अनुमति लिएको तथ्य, संचालक विवरणमा अझै ‘गोलमाल’ (प्रमाणपत्रसहित)