एसइई परीक्षा नतिजा : रामेछापका आधा भन्दा धेरै विद्यार्थी फेल, १०५८ जना मात्रै उर्तिर्ण

| असार १४, २०८१ बिहिबार

A A A
A A A

१३ असार, रामेछाप । आज बिहीबार बिहान राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको गत वर्ष-२०८० को माध्यमिक तहको वार्षिक परीक्षा (एसइई) को नतिजा अनुसार रामेछापका आधा भन्दा बढी विद्यार्थीले एनजी अर्थात् फेल भएका छन् । 

 

उनीहरूले कक्षा ११ मा भर्ना हुन पाउने छैनन् । कक्षा १० मै दोहोर्‍याएर पढ्नु पर्ने छ । ६० प्रतिशत विद्यार्थी फेल भएका हुन् । 

 

गत चैत्र १५ गतेदेखि २६ गते सम्म देशैभरि भएको परीक्षामा रामेछापबाट दुई हजार ६ सय १६ जना परीक्षार्थी सहभागी भएका थिए । जसमा एक हजार पाँच सय ५८ जना विद्यार्थी ‘फेल’ भएको नजिता सार्वजनिक भएको हो । 

 

जिल्लाका आठ वटै स्थानीय तहले शिक्षालाई पहिलो प्राथमिकता दिएर काम गरिरहेको दाबी गर्दै आइरहेको बेला माद्यामिक तहको नतिजा निराशाजनक आएको हो । 

 

सार्वजनिक नजिता अनुसार जिल्लाबाट परीक्षामा सहभागी भएका मध्ये ७६ जनाले ३.६१ देखि ४.० सम्म जिपिए ल्याएको शिक्षा, विकास तथा समन्वय इकाई रामेछापका सूचना अधिकारी बालकृष्ण ढुङ्गेलले रामेछाप टाइम्सलाई बताए । 

 

त्यस्तै ३.२१ देखि ३.६० सम्म १९० जनाले जिपिए ल्याउँदा २.८१ देखि ३.२० सम्म २८१ जनाले जिपिए ल्याएका छन् । 

 

प्राविधिक तर्फको नजिता नसमेटिएको यो रिजल्ट अनुसार २.४१ देखि २.८० सम्म ३८७ जनाले जिपिए ल्याउँदा सबै भन्दा कमजोर अर्थात् थोरेले मात्रै २.०० देखि २.४० सम्म २४ जनाले जिपिए पाएका छन् । रामेछाप टाइम्सलाई प्राप्त नजिता अनुसार १०५८ जना मात्रै उर्तिर्ण भएका हुन् । 

 

‘प्राविधिक तर्फको नजिता समावेश छैन । तर, ६० प्रतिशत विद्यार्थीले एनजी पाएको नजिता प्राप्त भएको हो’, सूचना अधिकारी ढुङ्गेलले प्रस्ट पार्दै भने । 

 

उनका अनुसार कम्तीमा दुई विषयमा कम ग्रेड पाउने ल्याउने विद्यार्थीहरूले आगामी साउनको १८ र १९ गते ग्रेड वृद्धि परीक्षा दिन पाउने छन् । दुई विषय भन्दा बढीमा एनजी ल्याउने ले भने ग्रेड वृद्धि परीक्षा दिन पाउने छैनन् । 

 

मिलन घिमिरे
| भदौ २९, २०८१ शनिबार