रामेछाप खिम्तीको बिर्तामा भएको बस दुर्घटनामा गाडी धनी र एकै गाउँका आठसहित १० जना घाइते (नामावलीसहित)

| असार १५, २०८१ शुक्रबार

A A A
A A A

१४ असार, रामेछाप । आज शुक्रवार बिहान जिल्लाको लिखु तामाकोशी गाउँपालिकामा भएको बस दुर्घटनामा परेका १० जनाको परिचय खुलेको छ । घाइते केहीको अवस्था मध्यम र सामान्य रहेको छ । 

 

लिखु तामाकोशी–०६ खिम्ती गैरीबाट मन्थली तर्फ आउँदै गरेको बा ५ ख ५६२५ नम्बरको  यात्रु बाहक बस दुर्घटनामा सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका–५ पिस्करका ४० वर्षीय चालक यादव खत्री, गाडी धनी दोलखाको भीमेश्वर नगरपालिका–५ बस्ने अन्दाजी ४२ वर्षीय दीपक श्रेष्ठ सहित १० जना रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको हो । दुर्घटनामा उनीहरू दुवैको हात,खुट्टा,अनुहारमा चोट लागेको छ । दुवैको अवस्था मध्यम रहेको छ । 

 

बसको बायाँ साइडको टायर चिप्लिएर कच्ची सडक भासिँदा बस अन्दाजी २०/२५ मिटर तल खसेको छ । 

 

प्रहरी चौकी खिम्तीका अनुसार दुर्घटनामा खिम्तीका २१ वर्षीय सबिना श्रेष्ठ, उनकी १ वर्षीय छोरी सुजता श्रेष्ठ, सोही ठाउँकी ४२ वर्षीय साबित्रा घिमिरे, सोही ठाउँका ५७ वर्षीय मानबहादुर श्रेष्ठ, ५० वर्षीय टेकबहादुर श्रेष्ठ, १९ वर्षीय झलकबहादुर श्रेष्ठ, ४४ वर्षीय शंख कुमारी तामाङ र ४१ वर्षीय शकुन्तला श्रेष्ठ घाइते भएका हुन् । 

 

बिहान करिब ७ बजे तिर भएको दुर्घटनामा एकै गाउँ ८ जना घाइते भएपछि गाउँ पीडामा परेको छ । घाइतेहरूलाई उद्दार गरी उपचारको लागि मन्थली स्थित सामुदायिक अस्पतालमा ल्याइएको जिल्ला प्रहरी प्रवक्ता कौशल न्यौपानेले जानकारी गराए । 

 

घाइतेहरूको पूर्ण जानकारी परिचय सहित थाहा पाउनूहोस

१) चालक जिल्ला सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गा.पा.५ पिस्कर बस्ने वर्ष अं.४० को यादव खत्री,दाहिने खुट्टामा चोट,सामान्य ।

२)साहु जिल्ला दोलखा भीमेश्वर न.पा.५ बस्ने वर्ष अं.४२ को दीपक श्रेष्ठ,दुवै हात,खुट्टा,अनुहारमा चोट,मध्यम ।

३) जिल्ला रामेछाप लिखु तामाकोशी गा.पा.६ बस्ने वर्ष अं.२१ कि सबिना श्रेष्ठ,ढाडमा चोट,सामान्य ।

४) निजको छोरी वर्ष अं.१ कि सुजता श्रेष्ठ,बाहिरी चोट नदेखिएको,सामान्य ।

५) ऐ.ऐ.बस्ने वर्ष अं.४२ कि साबित्रा घिमिरे,टाउको र दाहिने हातमा चोट,मध्यम ।

६) ऐ.ऐ.बस्ने वर्ष अं.५७ को मान बहादुर श्रेष्ठ,दाहिने घुँडा र ढाडमा चोट,मध्यम ।

७) ऐ.ऐ.बस्ने वर्ष अं.५० को टेक बहादुर श्रेष्ठ,कम्मरमा भागमा ठोकिएको,सामान्य ।

८) ऐ.ऐ.बस्ने वर्ष अं.१९ को झलक बहादुर श्रेष्ठ,दाहिने घुँडा र ढाडमा चोट,सामान्य ।

९) ऐ.ऐ.बस्ने वर्ष अं. ४४ कि शंख कुमारी तामाङ,बायाँ हातको कुहिनामा चोट,सामान्य ।

१०) ऐ.ऐ.बस्ने वर्ष अं.४१ कि शकुन्तला श्रेष्ठ,टाउको र घाँटीमा चोट,मध्यम ।