जिल्लामै पहिलो पटक ‘मर्ज’ भएर ‘एक’ बनेको धारापानी समर्पण सहकारीमा किचलो, अध्यक्ष अदालत जाने तयारीमा (भिडिओसहित)

| असार १५, २०८१ शुक्रबार

A A A
A A A

१४ असार, रामेछाप । गत वर्षको असार १३ गते जिल्लामै पहिलो पटक एकीकृत भएर एक बनेको धारापानी समर्पण बचत तथा ऋण सहकारीमा आन्तरिक किचलो सुरु भएको छ । मर्ज भएर एक भएका यी दुई सहकारीको विगतमा समर्पण तर्फका ऋणीहरूले ऋण फिर्ता लगायतका काममा जिम्मेवारी पूरा नगर्दा र धमाधम खाता बन्द गर्दै बचत फिर्ता लिन थालेपछि एक भएका धारापानी र समर्पण बचत तथा ऋण सहकारीमा आन्तरिक विवाद बढ्दै गएको हो । 

 

रामेछाप नगरपालिकाको हिमगंगा धारापानी बसेरीमा सञ्चालित धारापानी र मन्थलीमा सञ्चालित समर्पण बचत तथा ऋण सहकारी पहिलो पटक मर्ज भएर एक बनेको ६ महिना नपुग्दै आन्तरिक तिक्तता बढ्दै गएको खुलासा भएको हो । 

 

बिहीबार दुई सहकारी मर्ज भएर एक बनेको वर्ष दिन पुगेको अवसरमा आयोजित स्थापना दिवस एवं वार्षिक उत्सव कार्यक्रममा बोल्दै सहकारीका अध्यक्ष रत्नबहादुर नेवारले आन्तरिक विवाद बढेको बताएका हुन् । 

 

अध्यक्ष नेवारले भने ‘हामीलाई निकै अप्ठ्यारोमै पारेका थियो । अहिले हामी दैनिक कारोबार सहज रूपमा गर्न सक्ने भइसक्यौ । तर, समर्पणका सदस्यहरूले एक समय धमाधम खाता बन्द गर्दै पैसा फिर्ता लान थाले’ फिर्ता लाँदा तत्कालीन समर्पण सहकारीका सञ्चालकहरूले चासो समेत नदिँदा आफूहरूले सहकारी टिकाउने कठिन परेको अध्यक्ष नेवारले प्रस्ट पारे । 

 

अहिले पनि तत्कालीन समर्पण सहकारीले लगानी गरेको ऋण उठाउन मुस्किल परिरहेको तर सो सहकारीका सञ्चालक समितिका केही मान्छेहरूले हामी त्यसमा जिम्मेवार नरहेको भनेर गैर जिम्मेवार अभिव्यक्ति दिँदै हिँड्दा सहकारीमा विवाद चुलिँदै गएको अध्यक्ष नेवारको दाबी छ । 

 

केही समय भित्र देखा परेका समस्याहरूलाई समाधान गर्न केन्द्रित रहेको स्मरण गर्दै तोकिएको समयमा समेत तत्काल सञ्चालक समितिले जिम्मेवारी बहन नगरे अदालती प्रक्रिया अगाडि बढाउने आफूहरूले निर्णय गरिसकेको अध्यक्ष नेवारले खुलासा गरेका हुन् । 

मर्ज हुँदाको समयमा ७ सय ७० सदस्य रहेको धारापानी समर्पण सहकारीमा हाल ७ सय ९१ सदस्य रहेको छ । भने, १५२ जना बाल सदस्यहरू छन् । पछिल्लो समय सेवा केन्द्र बलियो रूपमा सेवा प्रवाहमा लागेकाले सहकारी भने बलियो बन्दै गएको दाबी अध्यक्षको छ । 

 

हाल सम्म २ करोड ८३ लाख ७० हजार ३८ रुपैयाँको कारोबार गरेको यो सहकारीले देवकोटा चोकैमा रहेको अध्यक्ष नेवारकै निवासमा मासिक १३ हजार भाडा तिरेर कार्यालय सञ्चालन गर्दै आएको छ । 

 

मन्थली केन्द्रीय कार्यालयमा २ जना कर्मचारी र धारापानी सेवा केन्द्रमा ४ जना कर्मचारीद्वारा सेवा प्रवाह गर्दै आएको यो सहकारीले वार्षिक उत्सव भने सहकारीका लेखा समिति, शिक्षा समिति सहितका व्यक्तिहरूको उपस्थितिमा सम्पन्न गरेको छ । 

 

मन्थली कार्यालयमै जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष जगन्नाथ दाहाल (जेहन) र नेफ्स्कुन रामेछापका कार्यालय प्रमुख सूर्य थापासहित एक दर्जन व्यक्तिहरूको समिति उपस्थितिमा वार्षिक उत्सवलाई सम्झिएको हो । 

 

मर्ज भएका दुई सहकारीको तिक्तले बिना ब्यानरमा गरिएको कार्यक्रममा बोल्दै संघका अध्यक्ष दाहालले सहकारीहरू विधि र प्रक्रियामा चल्नु पर्नेमा जोड् दिए । 

 

बचतकर्ताहरूको रकम सुरक्षित र सुशासन, पारदर्शी तरिकाले सञ्चालन गर्न सहकारी सञ्चालकहरूको दायित्व रहेको स्मरण गर्दै  प्रोस्कुन बागमती प्रदेशका सञ्चालक समितिका सदस्य समेत रहेका दाहालले उद्देश्य अनुरूप चल्न सहकारीलाई आग्रह गरे । 

 

पूरा भिडिओ हेर्नुहोस् । कार्यक्रममा उपस्थित संख्या र अध्यक्ष नेवारले अदालत जाने निर्णय समेत भइसकेको लगाएतका विषयमा .....