नमुना विद्यालय मन्थली मावि : एसइइमा कूल ९४ प्रतिशत नतिजा, १ जना जिल्ला टप, १ जना फेल

| असार १५, २०८१ शनिबार

A A A
A A A

१५ असार, रामेछाप । पठनपाठनमा सरकारी भन्दा निजी विद्यालयहरू निकै राम्रो भएको भाष्य निर्माण भइरहेको बेला जिल्ला मन्थलीमा संचालित मन्थली माद्यामिक विद्यालयले भने त्यो भाष्यलाई तोडेको छ । निजी विद्यालयले मात्रै राम्रो शैक्षिक पद्धति अङ्गालेर उत्कृष्ट नतिजा ल्याउन सक्छन् र सरकारी विद्यालय भनेको आर्थिक अवस्था कमजोर, विपन्न नागरिकका छोरा छोरी मात्रै पढ्ने विद्यालय हुन् भन्ने मानसिकताको विकास हुँदै गइरहेको बेला मन्थली माविले भने त्यो भाष्यलाई चिर्दै जिल्लाकै प्रथम हुन सफल भएको छ । 

 

बिहीबार सार्वजनिक भएको (एसइई) को वार्षिक परीक्षामा जिल्लाकै नमुनाको लागि अग्रसर मन्थली माविका विद्यार्थीले ४ जिपिए अङ्क ल्याएर देशभरि कै विद्यालयमा अबल्ल विद्यालय भित्र पर्न सफल भएको हो । 

 

मन्थली माविका सुबोध ढुङ्गेल जिल्लाका निजी तथा सरकारी सबै विद्यालयलाई उछिनेर ४ जिपिए ल्याउँदै सर्वोत्कृष्ट नतिजा हात पारेका हुन् ।

 

मन्थलीकै निजी क्षेत्रको लिटिल स्टार इङ्लिस बोर्डिङ स्कुलबाट आधारभूत तहको पढाइ सकेका ढुङ्गेलले सरकारी विद्यालयहरू पनि राम्रो पठन पाठन गर्न सक्षम छन् भन्ने उदाहरण दिन सक्षम भएका हुन् । 

 

गत वर्षको चैत्र १५ गतेदेखि २६ गते सम्म भएको वार्षिक परीक्षामा मन्थली माविका एक सय ४४ जना विद्यार्थीले परीक्षा दिएकोमा ९४ प्रतिशत नजिता ल्याउन सफल भएको हो । जसमा ढुङ्गेलले सर्वोत्कृष्ट ४ जिपिए ल्याउँदा ३.६ देखि ४ सम्म ३५ जनाले, ३.२ देखि ३.६ सम्म ५६ जनाले, २.८ देखि ३.२ सम्म ३६ जनाले सन्तोष जनक जिपिए पाएर सहित उर्तिर्ण भएका छन् । 

 

त्यस्तै २.४ देखि २.८ सम्म ९ जनाले जिपिए ल्याएर उर्तिर्ण गर्दा ८ जनाले ग्रेड वृद्धि परीक्षा (मौका परीक्षा) दिन पाउने भएका छन् । भने, एक जना फेल भएको माविका सहायक प्रधानाध्यापक चन्द्रसिंह धामीले जानकारी दिए । 

 

जिल्ला सदरमुकाम मन्थलीमा संचालित झन्डै २ हजार विद्यार्थी अध्ययनरत यो विद्यालय विगतका वर्षहरूको भन्दा राम्रो नतिजा ल्याउने गरी पठनपाठन भइरहेको सहायक प्रअको भनाई छ । भौतिक संरचना, प्रविधिको प्रयोग, पठनपाठन मैत्री वातावरण र विद्यार्थीहरूलाई पनि पढाइमा प्रोत्साहन गर्दै जाँदा राम्रो नतिजा आएको विद्यालयको भनाई छ । 

 

विद्यार्थीहरूले मेहनत गरेर शिक्षकहरूले देखाएको बाटो रोजे राम्रो नतिजा ल्याउन सक्ने प्रअ टङ्कप्रसाद दाहालले बताए । 

 

आगामी चैतमा संचालन हुने एसइइमा यो विद्यालयका एक सय ४३ जना परीक्षा दिने गरी अध्ययनरत रहेका छन् । 

मिलन घिमिरे
| भदौ २९, २०८१ शनिबार