राष्ट्रिय धान दिवस : रामेछापको अम्बास बेसी र खिम्ती बेसी सहितका स्थानमा रोपाई (फोटोफिचर)

| असार १६, २०८१ शनिबार

A A A
A A A

१५ असार, रामेछाप । आज शनिवार राष्ट्रिय धान दिवस एवं असार १५ । जिल्लाका सबै स्थानीय तहले धान रोपाइ कार्यक्रम गरी मनाएका छन् । 

 

मन्थली नगरपालिकाले जिल्ला समन्वय समितिकी प्रमुख चिना खड्का (कार्की), नगर प्रमुख लव श्रेष्ठ, उपप्रमुख ईश्वरी बस्नेत, नगरका प्रवक्ता एवं वडा नं ८ का अध्यक्ष गोपाल श्रेष्ठ, वडा नं ३ का अध्यक्ष कृष्ण गोपाल थापासहितको उपस्थितिमा नगरको वडा नं १२ गेलुको अम्बास बेसीमा रोपाइ गरेर दिवस मनाएको हो । 

 

त्यस्तै कृषि विकास कार्यालय, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई र रामेछाप बहु प्राविधिक रामेछापको संयुक्त आयोजनामा सहाय प्रमुख जिल्ला अधिकारी किसान न्यौपानेसहित विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिको उपस्थितिमा नगरको वडा नं १ सानीमदौंमा रोपाई गर्दै दही चिउरा खाएर राष्ट्रिय धान दिवस मनाएका हुन् । 

 

त्यस्तै लिखु तामाकोशी गाउँपालिकाले पालिकाको वडा नं ६ खिम्ती बेसीमा पञ्चेबाजासहित असारे भाकाको गीतसहित रोपाइ गरेको छ । गाउँपालिका अध्यक्ष केशव महतसहितको उपस्थितिमा खिम्ती बेसीमा दिनभर रोपाइ गरिएको हो । 

 

धान रोपाई गरिँदै आइएका जिल्लाका पालिकाहरूले धान रोप्दै दही चिउरा खाएर शुभकामना साटासाट गर्दै उत्पादन बढाउनु पर्ने भन्दै रपाई गरेका हुन् । 

 

तर, एक दिन दिवस मनाउनको लागि मात्रै रोपाई गर्ने बानीको विकास पछिल्लो समय सबैमा बढ्दै जाँदा त्यसको असर उत्पादनमा पर्ने गरेको समेत कतिपय ले बताउने गरेका छन् । 

 

मन्थली नगरपालिकाको आम्बासबेसी, लिखु तामाकोशीको खिम्ती बेसी र खाँडादेवी गाउँपालिकाले रोपेको धान तस्बिरमा हेर्नुहोस् ।