मध्य असारमा आइपुग्दा रामेछापमा २२ प्रतिशत मात्रै धान रोपाई, किसानहरु किन छन् असन्तुष्ट ?

| असार १९, २०८१ मंगलबार

खाँडादेवी गाउँपालिकाका स्थानीयहरु धान रोप्दै । तस्बिर स्रोत खाँडादेवी आवाज ।
A A A
A A A

१८ असार, रामेछाप । मध्य असार सम्म आइपुग्दा रामेछापमा जम्मा २२ प्रतिशत हाराहारीमा रोपाई भएको छ । लामो समय चर्को गर्मी एवं खडेरीको मारमा परेको रामेछापमा सोमबार सम्म जिल्लामा कूल २२.५ प्रतिशत रोपाई सकिएको कृषि विकास कार्यालय रामेछापकी कृषि अर्थ विज्ञ एवं सूचना अधिकारी शर्मिला फुयाँलले रामेछाप टाइम्सलाई बताइन् । 

 

उमाकुण्ड, गोकुलगंगा, लिखु तामाकोशी, खाँडादेवी, सुनापति र दोरम्बा शैलुङ् गाउँपालिकाको केही भू–भागमा विभिन्न जातको धान रोपिँदै आइएको छ । 

 

गत वर्ष ३.११ उत्पादकत्व बढेको जिल्लाको मन्थली र रामेछाप नगरपालिकाका धेरै जोस भू–भागमा खेती गरिन्छ । पछिल्ला केही वर्ष यता खेतीपाती गर्ने किसानको संख्या घट्दै गइरहेको अवस्थामा आकाशे पानी कै भरपर्नेु पर्ने बाध्यता र सिँचाइ-कुलो, मल, बिषादि, औषधि जस्ता आवश्यक कृषि सामाग्रीको असुविधाको कारण पनि रोपाइमा असर गर्ने गरेको कृषकहरू गुनासो गर्छन् । 

 

जिल्लामा सात हजार ८ सय ८९ हेक्टर क्षेत्र फलमा धान खेती गरिँदै आइएको तथ्याङ्क कृषि विकास कार्यालय रामेछाप बत्ताउँछ । गत वर्ष (२०८०) मा २४ हजार ८ सय १६ मेट्रिक्टन धान उत्पादन भएको थियो । यो अघिल्ला वर्षहरूको भन्दा ३.११ ले बढी हो । 

 

यो वर्ष बेलैमा मल नपाएको, कृषि औजार आवश्यक भएको लगायतका गुनासो कम सुनिए पनि आकाशै पानी कै भरपर्दा रोपाइमा ढिलाइ भएको किसानहरू बताउँछन् । 

 

चियाम्पिए, शंकर-३१२, सावित्री, राम धान, मकवानपुर–१ र स्थानीय जातका धान रोप्दै आएका जिल्लाका कृषकहरूले धान उत्पादन वृद्धि गर्न खेतीबारीहरु बाँझो राख्न नहुनेमा जोड् दिँदै आएका छन् । 

खाँडादेवीका कृषिकहरु रोपाइमा, 

 

स्थानीय सरकारका वडा र नगरले कृषि सहकारीहरूसँग समन्वय गरेर रासायनिक मल वितरण गर्दै आएकाले विगतको जस्तो मलको पिडा खेप्नु नपरेका किसानहरू सिँचाइ सुविधा नहुँदा भने असन्तुष्ट छन् । 

 

कतिपय किसानहरू असार १५ एवं ‘राष्ट्रिय धान दिवस’ लाई उत्सव एवं दही चिउरासंगैको मनोरञ्जनको माध्यम मात्रै बनाएको भनेर जनप्रतिनिधि, सरकारी तथा गैर-सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, राजनीतिक दलका नेताहरूसँग समेत असन्तुष्ट बन्ने गरेका छन् । 

 

धान उत्पादन रमाइलो र भाषण गरे नहुने बताउने कृषकहरू सबैले आफ्नो जमिन बाझो राख्न नहुने नीति सरकार लै अगाडि सार्नु पर्नेमा जोड् दिन्छन् । यो वर्ष ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नारासहित खेतबारीमा पुगेर फोटो खिचाएर जिल्लाका सबै स्थानीय तहले दिवस भव्य तरिकाले मनाएको भनेका छन् ।

 

राष्ट्रिय धान दिवसको अवसरमा मन्थली-१२ गेलुको अम्बास बेशीमा धान रोप्दै जिल्ला समन्वय समिति प्रमुख चिना खड्का, मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठसहितका जनप्रतिनिधि र नगरका कर्मचारीहरु । तस्बिर फाइल 

 

धान दिवसलाई मनोरञ्जन गर्ने माध्यम बन्दा उत्पादनमा भने घट्दो मात्रमा छ । साथै विगतमा रोपाई हुँदै आएका कतिपय खेतबारी बाँझो राख्नु पर्ने बाध्यता छ । असार महिना १४ दिन मात्रै बाँकी हुँदा जिल्लाका अधिकांश खेतबारी बाँझै हुनु दुखद हो, मन्थलीका पशुपति न्यौपानेले भने । 

 

युवा र काम गर्न सक्ने अधिकांश जनशक्ति वैदेशिक रोजगारीमा  होमिए र गाउँमा खेत रोप्ने खेताला समेत नपाउने स्थिति बन्दा धान खेती गर्नहरुको संख्या समेत वर्षौनी घट्दो छ । 

 

साथै काठमाडौँ उपत्यकासहितका विभिन्न सहरहरूमा पहिले धान खेती गर्दै आएका खेतबारी बजारीकरणमा प्रयोग हुँदा समेत धान उत्पादन वर्षौंनी घट्दै गएको पाइन्छ ।