खिम्ती–मन्थली–सेलेघाट सडक : सडक डिभिजन र प्राधिकरणको चरम लापरबाहीले ठाउँ–ठाउँमा पोल र रुखबिच सडकमै राखेर कालोपत्रे, डिभिजनका इन्जिनियर ढुङ्गेलले बोले झूट (भिडिओसहित)

| असार २३, २०८१ शनिबार

A A A
A A A

२२ असार, रामेछाप । दैनिक सयौँको संख्यामा सवारी चल्ने खिम्ती–मन्थली–सेलेघाट सडक निर्माणमा जिम्मेवार निकायको समन्वय र सहकार्य नहुँदा गम्भीर लापरबाही गरेको  खुलासा भएको छ । खिम्ती मन्थली र मन्थली–सेलेघाट सडक पुनः निर्माण एवं मर्मत कार्यमा विभिन्न निर्माण कम्पनी (ठेकेदार), नेपाल विद्युत् प्राधिकरण र सडक निर्माणको प्रमुख जिम्मेवार निकाय सडक डिभिजन कार्यालय खुर्कोटको लापरबाहीको कारण स्थानीयहरूले सास्ती खेप्नु पर्ने बाध्य बनेको हो । पुनः निर्माण एवं मर्मत गरेर चिटिक्क पारिएको भनेको सडक यात्रुको जान लिने धरापको रुपमा काम भएपछि स्थानीयहरु आक्रोशित छन्। 

 

 यी जिम्मेवार निकायहरूको समन्वय र सहकार्य नहुँदा सडक डिभिजन कार्यालय खुर्कोट र खाल्टेले मिल्ती–मन्थली– सेलेघाट सडक मर्मत कार्यको काम गुणस्तर हीन हुन पुगेको स्थानीहरू बत्ताउँछन् । सडक मर्मतको काम नकसिँदै भत्किन थाल्नु र विद्युतका पोलहरू बिच सडकमै राखेर कालो पत्रे गर्नु ले झन् सरकारी कार्यालयहरू बिचकै समन्वय र सहकार्य कस्तो छ भन्ने छर्लङ्ग पारेको छ । 

 

जिल्ला सदरमुकाम हुँदै संघीय राजधानी र तराइ जिल्लालाई जोड्ने यो मुख्य सडक कालोपत्रे थप, ग्याबिन भर्ने, कलरिङ गर्ने लगायतका काम चालु आर्थिक वर्षमा भइरहेको छ । काम अन्तिम चरणमा पुगिसक्यो ।  धेरै जसो काम अन्तिम चरणमा पुगे पनि कामको गुणस्तर सन्तोष जनक नभएको स्थानीयहरूको बत्ताउँछन् । 

 

खिम्ती देखि सेलेघाट सम्मको सडक अन्तर्गत आकाशे पुल नजिकै (होटेल ब्लुस्काई छेउमा) विद्युतका पोल लहरै राखेर कालो पत्रे गरिनु, स्थानीयहरूको घर छेउमा भन्दै मुख्य सडकको भाग काटेर प्रत्येक घर अगाडि मुख्य सडकै गाएप् पारिनु, बसपार्कबाट देवकोटा चोक आउने सडकमा विद्युतका पोल र रुखबिच सडकमा लहरै राखेर कालोपत्रे गर्ने अन्तिम तयारी गरिनु र देवकोटा चोकसहितका सडकमा गरेको कालोपत्रे १५ दिन नबित्दै उप्किनुले पनि कामको गुणस्तर माथि प्रश्न उब्जाएको हो । 

 

कालोपत्रे गर्नु अगाडि सडक डिभिजन कार्यालयले बिचमा पर्ने विद्युतका पोलहरू हटाउन प्राधिकरणसँग समन्वय गर्नु पर्नेमा त्यसो नगर्दा तारसहित विद्युतिय पोल राखेरै कालोपत्रे गरिएको हो । 

 

भिडिओमा हेर्नुहोस् कसरी पोल राखेर गरिएको छ कालोपत्रे......

 

 

आयोजनाले माथि उल्लेखित स्थानसँगै थापा चोक र लक्ष्मी आयल स्टोर अगाडि पनि बिच सडकमै पोल राखेरै कालोपत्रे सकेको छ । सडक डिभिजन कार्यालय खाल्टेले रामेछाप टाइम्सलाई दिएको जानकारी अनुसार ३२ जेठ २०८१ मा सम्पन्न गर्ने गरी मन्थली–खिम्ती सडक ०४ मंसिर २०८० मा ठेक्का सम्झौता गरेको इफ्फाता–रुपाकाली जे.भी काठमाडौँले प्राधिकरणले तार टाँगेको विद्युत् पोल बिच सडकमै राखेर सडक कालोपत्रे गरेको छ । 

 

कूल ५ करोड ४५ लाख लागतको यो योजना इफ्फाता–रुपाकाली जे.भी काठमाडौँले ५ करोड ४ लाख ८२ हजार ९ सय रुपैयाँमा ठेक्कामा पाएको थियो । सम्झौता मितिमै निर्माण सम्पन्न गर्न गरिएको यो निर्माण कम्पनीले काम गरेको एरिया (क्षेत्र) बुलु स्काइ होटेल अगाडि बिच सडकमै विद्युत् पोल लहरै ठडिका छन् । 

 

सो विषयमा रामेछाप टाइम्सले असार ०८ गते इन्जिनियर सन्देश राज ढुङ्गेलसँग यस विषयमा बुझ्दा कालोपत्रे गर्नु अगाडि प्राविधकरणसंग समन्वय भएको तर, प्राधिकरणले नटेर्दा पोल हटाउन नसकिएको बताएका थिए । आफूहरूले पोल हटाउन पटक–पटक पहल गरे पनि प्राधिकरणकै अटेरीको कारण हटाउन नसकिएको जिकिर गरेका इन्जिनियर ढुङ्गेलले पत्रकारसँग झुट बोलेको समेत खुलासा भएको छ ।

 

यो हेर्नुहोस्, डिभिजन सडकले असार १० गतेको मितिमा विद्युत प्राधिकरणलाई लेखेको पत्र, विद्युत प्राधिकरणमा फिल्डमा खटिने प्राविधिकको कक्षमा पुगेको पत्र १० दिन अर्थात असार १९ गते सम्म कार्यालय प्रमुख बुढाथोकीलाई पुग्नु त परको कुरा थाहा सम्म थिए । 

०८ असारमा फोन मार्फत भएको कुराकानीमा (सो क्षेत्रको कालोपत्रे सकिकसेको अवस्थामा) नेपाल प्राधिकरणसँग समन्वय भएको र उसैको कारण हटाउन नसकिएको आरोप लगाएका इन्जिनियर ढुङ्गेलले विद्युत् प्राधिकरणमा भने १० असारमा मात्रै पत्र पठाएको भेटिएपछि उनले झुटो बोलेको पुष्टि भयो । अर्थात् असार ०८ गते सम्म सडक डिभिजन कार्यालयले विद्युत् प्राधिकरणसँग कुनै कुराकानी नै नगरेको पाइएको हो । 


मन्थली आकाशे पुल नजिकैको सडक । जहाँ बिच सडकमै पोल यसरी ठडिएएकै ठाउँमा कालोपत्रे सकिएको छ । 

 

रामेछाप टाइम्ससंगको कुराकानीमा सबै नियाकयहरुसंग आफूहरूले समन्वय गरेको र यो वर्षको ठेक्का गर्दा पनि पोल हटाउने गरी नरहेको तर्क गर्दै अर्को वर्ष फेरी काम गर्दा पोल उखेल्ने भन्दै पन्छिन् खोजे ।  सम्बन्धित निकायसँग समन्वय र सहकार्य गर्न चुकेपछि रामेछाप टाइम्सको खबरदारी पछि झारो टार्न प्राधिकरणलाई पत्र लेखेको सडक डिभिजनले काम भने पोल र रुख बिच सडकमै राखेर सक्ने तयारी गरेको छ ।

ठेकेदारहरू पनि आफूहरूले प्राधिकरण र सडक डिभिजन कार्यालयलाई पटक–पटक आग्रह गर्दा नसुनेपछि पोल राखेर कालोपत्रे हाल्न बाध्य भएको दाबी गर्छन् । 

 

यता नेपाल विद्युत् प्राधिकरण मन्थली वितरण केन्द्रका प्रमुख दीपेन्द्र बुढाथोकीलाई यस विषयमा उनकै कार्य कक्षमा असार १९ गते गएर बुझ्दा सडक डिभिजन खुर्कोटबाट असार १० गते पत्र आएको त्यो भन्दा अन्य आफूलाई यस विषयमा कुनै जानकारी नआएको बत्ताउँछन् । साइड हेर्ने प्राविधिक फाँटमा १० गतेको मितिमा पुगेको पत्र १० दिन सम्म कार्यालय प्रमुखको हातमा नपुगेको प्राधिकरणमा पनि सम्बन्धित निकायबाट सहकार्यको लागि फोन सम्म पनि नआएको दाबी गर्दै भन्छन् ‘यो पत्र आएको रहेछ । त्यो पनि मेरो हातमा भर्खरै आएको थाहा पाउनु भयो । त्यो भन्दा मलाई एककल फोन सम्म पनि आएको छैन । खबर र आएको भए हाम्रो कामको सेडूल मिलाएर हटाउन सकिन्छ । तर, अहिले भर्खरै भनेर त्यो गर्न सकिन्न ।’

 

 

प्राधिकरणका हाकिम बुढाथोकी काम सडक डिभिजनको भएकाले सो कार्यालयले समन्वय र सहकार्य गर्नु पर्ने तर्क गर्छन् । तर, त्यसो नहुँदा आफूहरूमाथि आरोप थुपारिएको उनको भनाई छ । काम नसक्दै ठाउँ–ठाउँमा कमजोरी छर्लङ्गै हुँदा ठेकेदारहरू भने असारै झरीमै कालोपत्रे सकेर भुक्तानी लिने सुरमा कस्सिएका छन् । कतिपय ठेकेदारले भुक्तानी समेत लिइ सकेका छन् ।