रामेछापको सैपुमा परिचय नखुलाई होटेलमा बास बसेका ‘जोडी’ विष सेवन गरेर गम्भीर अवस्थामा भेटिए, मन्थली ल्याइँदै

| असार २६, २०८१ मंगलबार

A A A
A A A

२५ असार, रामेछाप । रामेछापको सैपुमा होटेलमा बास बसेका एक जोड ‘विष’ सेवन गरेर गम्भीर अवस्थामा फेला परेका छन् । नाम ठेगाना नखुलेका एक पुरुष र महिला आज बिहान २ ः ३० बजेको समयमा विष सेवन गरेर ‘शख्खत’ अवस्थामा होटेल व्यवसायीले भेटेपछि उनीहरूको उद्धार गरी मन्थली तर्फ ल्याइँदै छ । 

 

सोमबार (हिजो) बिहान सबेरै ढाँडे होटेलमा खिजी चण्डेश्वरी घर रहेको बताउँदै ती महिला र पुरुष बसेका थिए । बजार तिर व्यस्त भएका जोडी राति मदिरा सेवन गरी विष सेवन गरेको अवस्थामा भेटिएको वडा अध्यक्ष सन्तोष पौडेलले रामेछाप टाइम्सलाई बताए । 

‘हिजो बिहानै होटेलमा आएर दिउँसो लुगा कपडा किन्ने भन्दै बजार तिर गएछन् । त्यहीँको उमेश भेटेनरीबाट आफूहरू श्रीमान् श्रीमती हो भनेर मकैमा किरा लागेकाले छर्किन भन्दै मेटासिट (विष) किनेको बुझियो’ सोही वडा एवं लिखु तामाकोशी गाउँपालिका वडा नं २ सैपुका अध्यक्ष पौडेलले रामेछाप टाइम्सलाई बताए । 

 

६/७ वटा बियर, रेड्बुल सहितको मादक पदार्थ खाएको देखिएको प्रस्ट पार्दै राति महिला चिच्याएको आवाज आएपछि होटेलका धनीले पत्ता पाएको वडा अध्यक्ष पौडेलले बताए । 

 

महिला भन्दा पुरुष नबाँच्ने स्थितिमा रहेको सुनाउँदै वडा अध्यक्ष पौडेलले त्यहाँबाट एम्बुलेन्स मार्फत मन्थली तर्फ बिहान ५ बजे पठाइएको बताए । 

 

‘महिला भन्दा पुरुषको अवस्था चिन्ता जनको छ । कहाँका हुन् । केही परिचय खुलेको छैन । उनीहरूले चण्डेश्वरी घर (ओखलढुङ्गा) भएको बताएको बुझिएको छ । उनीहरू श्रीमान् श्रीमती हुन् या हैनन् त्यो पनि पुष्टि हुन सकेको छैन । 

 

तस्बिर स्रोत वडा अध्यक्ष पौडेल ।