रामेछापको सैपुमा विष सेवन गरेर गम्भीर अवस्थामा उद्दार गरिएका कार्कीको मृत्यु, विवाहित महिलाको अवस्था चिन्ताजनक

| असार २६, २०८१ मंगलबार

A A A
A A A

२५ असार, रामेछाप । रामेछापको सैपुमा गए राति विष सेवन गरे गम्भीर अवस्थामा मन्थली ल्याइएका पुरुषको मृत्यु भएको छ । सँगै भेटिएकी महिलालाई भने थप उपचारको लागि काठमाडौँ लगिएको छ । 

आफ्नो नाम ठेगाना गोप्य राखेर उमाकुण्ड गाउँपालिका वडा नं ४ प्रीति घर भएका अविवाहित सागर कार्की र श्रीमान् वैदेशिक रोजगारी (युके) गएकी तोरण माया सुनुवार मध्यराति विष सेवन गरेर गम्भीर अवस्थामा बास बसेको होटेलमा भेटिएका थिए । 

 

गम्भीर अवस्थामा जिल्लाकै लिखु तामाकोशी गाउँपालिका वडा नं २ सैपुबाट उद्दार गरी मन्थली ल्याइएकोमा युवक कार्कीको मन्थलीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक एवं प्रवक्ता कौशल न्यौपानेले बताए । 

 

‘युवकको मृत्यु भएको जानकारी छ। भने, ती महिलालाई हाम्रो प्रहरी सहितको रोहबरमा काठमाडौँ पठाइएको छ । कुन अस्पतालमा उपचार गर्ने भन्ने बारेमा ती महिलाको परिवारसँग समन्वय भइरहेको छ’, प्रवक्ता कार्कीले भने ।

 

प्रहरीका अनुसार महिलाको अवस्था पनि गम्भीर रहेको छ । श्रीमान् लामो समयदेखि वैदेशिक रोजगारीमा गएका तोरण माया केही वर्षदेखि काठमाडौँ बस्दै आएकी थिइन् । भने, युवक गाउँमै जेसिबिमा सह–चालकको रूपमा काम गर्थे । 

 

प्रीति साबिकको वडा नं ४ कै झिँगामली घर भएका कार्की सोही वडाको तल्लो गाउँकी तोरण मायाँसंग कुनै सम्बन्धमा भए नभएको यक्कीन जानकारी नभएको उमाकुण्ड गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष मानबहादुर सुनुवार बत्ताउँछन् । 

 

त्यहाँ स्थानीयहरूका अनुसार सुनुवार काठमाडौँ बस्दै आएकाले टेलिफोनको सम्बन्ध हुन सक्ने आशङ्का गरिएको छ । मृतको कार्कीको शव पोस्ट मार्टमको लागि मन्थली अस्पताल लगिएको छ । 

 

होटेलमा रुम लिएर बसेका दुवैले विष सेवन गर्नु शङ्कास्पद देखिएको भन्दै जिल्ला प्रहरी कार्यालय रामेछापले अनुसन्धान अगाडि बढाएको जनाएको छ ।