भोलि शनिवार पनि रामेछापका बैंक तथा वित्तीय संस्थाहरू खुल्ला रहने

| असार २९, २०८१ शुक्रबार

मन्थली स्थित राष्ट्रिय वाणिज्य बैंक, तस्बिर रामेछाप टाइम्स फाइल ।
A A A
A A A

२८ असार, रामेछाप । चालु आर्थिक वर्षको अन्तिम शनिवारको दिन हुने वित्तीय कारोबारलाई ध्यान दिएर भोलि शनिवार पनि रामेछापका बैंक तथा वित्तीय संस्थाहरू खुल्ला रहने भएका छन् । 

 

शुक्रवार (आज) सूचना जारी गर्दै जिल्लाका बैंक तथा वित्तीय संस्था, सहकारीहरू, रामेछाप उद्योग वाणिज्य संघ सहितले आर्थिक कारोबार गर्न शनिवार पनि कार्यालय खुल्ला राख्ने तयारी गरेको जनाएका हुन् । 

 

मन्थली स्थित राष्ट्रिय वाणिज्य बैंकका शाखा प्रमुख मीनबहादुर भुजेलले पनि नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार कार्यालय खुल्ला रहने बताए । उनका अनुसार (राब)ले कार्यालय खोले पनि राजश्व संकलनको मात्रै काम गर्ने अन्य कारोबार भने नगर्न बताए ।

 

त्यस्तै निजी क्षेत्रको एनआइसी एसिया, प्रभु, साग्रिला, मुक्तिनाथ, एन एम् बीसहितका बैंकहरु पनि खुल्ला रहने बैंक तथा वित्तिय समूह (बिआजी) रामेछापका अध्यक्ष प्रदीप कार्कीले रामेछाप टाइम्सलाई बताए । 

 

मन्थलीको नव जागरण, मन्थली बचत तथा ऋण सहकारी सहितका सहकारीहरूले सूचना जारी गर्दै शनिवार कार्यालय खुल्ला रहने बताएका छन् । 

 

त्यस्तै रामेछाप उद्योग वाणिज्य संघले पनि सदस्यता नवीकरणसहितको वित्तीय कारोबार मिलाउने भन्दै शनिवार कार्यालय सञ्चालन गर्ने बताएको छ । 

 

मिलन घिमिरे
| भदौ ६, २०८१ बिहिबार