नेपाली काँग्रेस रामेछापले ४२ औँ बिपी स्मृति दिवस पूर्व अर्थ मन्त्री महतको उपस्थितिमा वृक्षारोपण गरी मनाउने, यस कारण नेताहरू नै अन्योलमा ?

| असार ३२, २०८१ सोमबार

प्रकाशरण महत, फाइल फोटो ।
A A A
A A A

३१ असार, रामेछाप । नेपाली काँग्रेस रामेछापले ४२ औँ (स्वः) बि.पी कोइराला स्मृति दिवस केन्द्रीय पार्टी प्रवक्ता प्रकाशरण महतको उपस्थितिमा लिखु तामाकोशी गाउँपालिकाको केन्द्र धोबीमा वृक्षारोपण कार्यक्रम गरी मनाउने भएको छ । त्यसको लागि तयारी भइरहेको नेपाली काँग्रेस रामेछापले जनाएको हो । 

 

पार्टी सभापति एवं सांसद पूर्णबहादुर तामाङले असार २८ गते एक सूचना जारी गर्दै साउनको ६ गते आइतबार पूर्व अर्थमन्त्री एवं सांसद महतको उपस्थितिमा वृक्षारोपण कार्यक्रम गरी स्मृति दिवस मनाउने कार्यक्रम बारे जानकारी दिएका हुन् । 

 

पार्टीको जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेश कार्यसमितिका सदस्य, महासमिति सदस्य, निवर्तमान तथा पूर्व सभापति, जिल्ला कार्यसमितिका, आमन्त्रित सदस्य, संघीय महाधिवेशन प्रतिनिधि, पूर्व पदाधिकारी, पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरू, दुवै प्रदेश क्षेत्रीय कार्यसमिति सहित पार्टीको सबै तहका नेता कार्यकर्तालाई आमन्त्रण गरिएको कार्यक्रम बिहान ८ बजेको हुने उल्लेख छ । 

 

पछिल्लो समय संसद्को ठुलो दल नेपाली काँग्रेस र नेकपा एमालेको संयुक्त गठबन्धनमा केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएसँगै केन्द्रीय प्रवक्ता महत तत्कालीन परिवेश हेर्दा व्यस्त हुने देखिएकाले हाल सम्म यहाँको कार्यक्रममा आउने सम्भावना रहेको न्यून रहेको काँग्रेस नेताहरूको दाबी छ ।

 

पछिल्लो पटक खाँडादेवी गाउँपालिकाको गाल्पामा नेपाली काँग्रेस पार्टी निकट आदिवासी जनजाति महासंघको कार्यक्रममा पार्टीकै दुई समूह बिच भएको हात हालाहालको घटना र त्यसपछिका विभिन्न परिघटनाको बिच धोबीमा हुन लागेको वृक्षारोपण कार्यक्रमलाई चासोका साथ हेरिएको छ । 

 

दुई समूहका नेताहरू जिल्ला प्रहरी कार्यालय रामेछापको नियन्त्रणमा आएर धरौटीमा रिहा भइसकेकोपछि वृक्षारोपण कार्यक्रममा पहिलो सामूहकी कार्यक्रम भएको हुँदा पनि पार्टी नेतृत्वसहित शीर्ष नेताहरूले पनि यसलाई महत्वका साथ हेरिएको पार्टी उच्च स्रोतको दाबी छ । 

 

यद्दयपी केन्द्रीय प्रवक्ताको पछिल्लो राजनीतिक व्यस्तताको कारण जिल्लामा आउने या नआउने निश्चित नहुँदा केही अन्यौलता पनि रहेको जिल्ला तहका नेताहरूको बुझाइ रहेको पाइन्छ । 

 

यो हेर्नुहोस् पत्र ।