मन्थली सानीमदौः २० जना ज्येष्ठ नागरिक सम्मानित, हाजिर जवाफ प्रतियोगितामा मन्थली मावि प्रथम

| साउन १, २०८१ मंगलबार

A A A
A A A

१ साउन, रामेछाप । मन्थली नगरपालिका वडा नं १ स्थित सानीमदौ सामुदायिक सिकाई केन्द्रले ज्येष्ठ नागरिक सम्मान तथा अन्तर विद्यालय हाजिर जवाफ प्रतियोगिता संचालन गरेको छ । 

 

सोमबार बागमती प्रदेशका सांसद आनन्द कुमार श्रेष्ठ, मन्थली नगरपालिकाको कार्यबहाक नगर प्रमुख ईश्वरी बस्नेत, नगरका प्रवक्ता एवं वडा नं ८ का अध्यक्ष गोपाल श्रेष्ठ, उपसचिव हेमन्त बुढाथोकी, (अनेरास्ववियु) रामेछापका अध्यक्ष पुष्कर भट्टराई सहितको उपस्थितिमा आयोजित कार्यक्रममा त्यहाँका ८० वर्ष भन्दा माथिका २० जना ज्येष्ठ नागरिकहरूलाई सम्मान पत्रले सम्मान गरिएको उत्सव केसीले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

ज्येष्ठ नागरिकहरूलाई बागमती प्रदेशका सांसद एवं उद्योग पर्यटन समितिका सभापति समेत रहेका सांसद श्रेष्ठले सम्मानपत्रद्वार सम्मान गरेका हुन् । 

अन्तर विद्यालय हाजिर जवाफ

सोही अवसरमा अन्तर विद्यालय हाजिर जवाफ प्रतियोगिता समेत सम्पन्न भएको छ । समसामयिक विषय खेलकुद, भूगोल, शिक्षासँग सम्बन्धित रहेर गरिएको हाजिर जवाफमा सरकारी क्षेत्रको मन्थली मावि, नाग कन्या माविसहित निजी क्षेत्रको कर्कला देवी बोर्डिङ स्कुल (केब्स), लिटिल स्टार र तामाकोशी बोर्डिङ स्कुलले सहभागिता जनाएका थिए । 

 

प्रतियोगितामा ६७ अङ्कसहित प्रथम हुँदै मन्थली माविले नगद ५ हजार पुरस्कार जितेको छ । 

 

त्यस्तै ६४ अङ्क ल्याएर तामाकोशी बोर्डिङ स्कुलले नगद ३ हजार दोस्रो पुरस्कार र ५५ अङ्क सहित (केब्स) बोर्डिङ स्कुलले नगद २ हजार पुरस्कार जितेको केसीले जानकारी दिए । 

 

हाजिर जवाफ प्रतियोगितामा विजेताहरूलाई मन्थली नगरपालिकाका महाशाखा प्रमुख, उप सचिव बुढाथोकीले प्रमाणपत्र र नगद प्रदान गरे । 

 

मिलन घिमिरे
| भदौ ६, २०८१ बिहिबार