मन्थली–२ पूर्ण रूपमा ‘सिसी’ क्यामेराको नियन्त्रणमा, ९ वटा कार्यालयको काम वडाबाटै विशेष निगरानी

| साउन १, २०८१ मंगलबार

A A A
A A A

१ साउन, रामेछाप । मन्थली नगरपालिका वडा नं २ कठजोर पूर्ण रूपमा (सिसिटिभी) को नियन्त्रणमा आएको छ । वडा भित्रका सरकारी कार्यालय सहित विद्यालयहरूमा समेत पूर्ण रूपमा (सिसी) क्यामेरा जडान गरी वडाका कार्यालयहरूलाई सुरक्षित गरिएको वडा अध्यक्ष सुरेन्द्र बहादुर कार्कीले जानकारी दिए । 

 

विगतमा वडा कार्यालय र कठजोर स्वास्थ्य चौकीमा अज्ञात समूहले तोडफोड (अपराधिक गतिविधि) गरेपछि सुरक्षाको संवेदनशीलतालाई मध्यनजर गर्दै वडा कार्यालयले यहाँका सबै कार्यालयहरूमा (सिसी) क्यामेरा जडान गर्ने गरी कार्य अगाडि बढाएको थियो । 

 

आर्थिक वर्ष २०८०/०८१ को तीन लाख लागतमा वडा कार्यालयसहित वडा भित्रको एक मात्रै मावि निल्कण्ठेश्वर, कठजोर स्वास्थ्य चौकी, पशु कार्यालय, नवनिर्मित कृष्णलाल पार्क, गौरी शंकर, बाल ताम्रा कोशिका र कालीदेवी आधारभूत विद्यालयमा पूर्ण रूपमा अत्याधुनिक प्रविधिको (सिसी) क्यामेरा जडा गरिएको वडा अध्यक्ष कार्कीले रामेछाप टाइम्सलाई बताए । 

त्यस्तै सामुदायिक अध्ययन केन्द्र र सहरी स्वास्थ्य केन्द्र टेकानपुर समेत (सिसी) क्यामेराको पूर्ण निगरानीमा रहेको वडा अध्यक्ष कार्कीको भनाई छ । प्रविधिको प्रयोग गर्दै वडाका आम नागरिकहरूलाई सुरक्षित राख्न लागि अब वडा कार्यालयबाटै निगरानी राखिने उनको भनाई छ । 

 

साथै सबै कार्यालयमा हुने गतिविधिहरूलाई समेत वडाबाटै विशेष निगरानी गर्न सहज भएको छ । विद्यालय तहमा शिक्षक र विद्यार्थीहरूको अब निगरानीको लागि त्यहाँ सम्म धाउन नपर्ने र कमी कमजोरी पनि सजिलै प्रमाण सहित पत्ता लगाउन सहज भएपछि शिक्षकहरू पनि सजग हुने विश्वास लिएको छ । 

 

वडा भित्रका नागरिकहरुको आवश्यकतालाई केन्द्रमा राखेर काम गर्दै आएका युवा वडा अध्यक्ष कार्कीले वडाभित्रका मठ, मन्दिरको संरक्षण, खानेपानीको सहज पहुँचको काम गर्दै आएका छन् । 

 

तस्बिर स्रोत वडाको फेसबुक पेज 

मिलन घिमिरे
| भदौ ६, २०८१ बिहिबार