फर्पु घटनापछि जिल्ला विपद् व्यवस्थापन समितिले भन्यो–‘निरन्तर वर्षा भइरहेकाले सबैले सचेत रहौँ’

| साउन ११, २०८१ शुक्रबार

A A A
A A A

११ साउन, रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले निरन्तर वर्षा भइरहेकाले सावधानी अपनाउन आग्रह गरेको छ । केही दिन यता जिल्लाका विभिन्न स्थानमा भइरहेको निरन्तरको वर्षाबाट सचेत हुन आग्रह गर्दै प्रशासनले भएको छ ‘जोखिम क्षेत्रमा बसोबास गर्ने आम स्थानीयबासीहरुमा सतर्क रहन अनुरोध गर्दछौँ ।’

 

गएराति फर्पुमा घरसहित तीन जना किशोरीको ज्यान जाने गरी भएको घटना बारेमा स्थलगत निरीक्षण पछि समवेदना पत्र जारी गर्दै जिल्ला विपद् व्यवस्थापन समितिको जिम्मेवारी समेत बोकेको प्रशासनले जोखिम क्षेत्रमा हुन सक्ने घटनाहरूलाई मध्यनजर गरी तयारी रहन समेत आग्रह गरेको छ । त्यसको लागि स्थानीय तह, जनप्रतिनिधि लगायत सरोकारवाला निकायहरूबाट आवश्यक व्यवस्था गर्न समेत प्रशासनले जारी गरेको पत्रमा भनिएको छ । 

 

शुक्रवार आज बिहानै प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समितिकी संयोजक अनिता निरौला, सहायक प्रमुख जिल्ला अधिकारी किसान न्यौपाने, चार वटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिसहितले घटना स्थलको अवलोकन पछि मृतक प्रति दुःख व्यक्त गर्दै वर्षा निरन्तर भइरहेकाले सबै सचेत रहन समेत आग्रह गरेको छ । 

 

यसैबिच फर्पुको पैरेमा गएराति घरसंगै तीन जना किशोरीको मृत्यु भएपछि दुःख व्यक्त गर्दै शुक्रवार गोकुलगंगा गाउँपालिका अध्यक्ष काजीबहादुर खड्का (दिनेश) ले शोक व्यक्त गरेका छन् । घटना बारेमा एक पत्र मार्फत जानकारी दिँदै पालिका अध्यक्ष खड्काले भनेका छन् ‘यस दुखद घढीमा दिवङ्गत आत्मको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवार जनमा धेरै धारणा गर्ने शक्ति मिलोश ।’

 

नेकपा (एमाले) गोकुलगंगा गाउँपालिकाले समेत पहिरोमा परी ज्यान गुमाएका किशोरी प्रति दुःख व्यक्त गरेको छ ।