फर्पु पहिरोमा परेका तीनै जनाको सामूहिक अन्त्येष्टि, पीडित परिवारलाई नगद २ लाख ५० हजार राहत प्रदान

| साउन ११, २०८१ शुक्रबार

फाइल फोटो ।
A A A
A A A

११ साउन, रामेछाप । गएराति घरसहित पहिरोमा पुरिएर तीन जना किशोरीको ज्यान जाने गुमाएका किशोरीको सामूहिक दाहसंस्कार गरिएको छ । यो समाचार तयार पार्दा सम्म उनीहरूको परम्परा अनुसार दाहसंस्कार भइरहेको छ । मृतक तीनै जना किशोरीहरूको सोही वडाको साबिकको १ नम्बरमा शिरु थोल भन्ने स्थानमा जातीय संस्कार अनुसार अन्त्येष्टि गरिएको हो । 

 

शुक्रवार साँझ सही वडाका वडा अध्यक्ष एवं गोकुलगंगा गाउँपालिका वडा नं ६ फर्पुका वडा अध्यक्ष चन्द्रबहादुर सुनुवारले रामेछाप टाइम्सलाई दिएको जानकारी अनुसार पहिरोमा च्यापिएर ज्यान गुमाएका १८ वर्षीय सिता तामाङ, १५ वर्षीय आशिका दोङ र १३ वर्षीय लक्ष्मी तामाङको सामूहिक रूपमा अन्त्येष्टि गरिएको वडा अध्यक्ष सुनुवारले बताए । 

 

‘अहिले सामूहिक अन्त्येष्टि भइरहेको छ’, पालिकाको प्रवक्ता समेत रहेका वडा अध्यक्ष सुनुवारले भने ।

पीडित परिवारलाई नगद राहत प्रदान 

यसैबिच जिल्ला विपद् व्यवस्थापन समितिले परिवारका सदस्य गुमाएका तीनै जना किशोरीको परिवारलाई नगद राहत प्रदान गरेको छ । 

 

बिहानै प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समितिकी संयोजक अनिता निरौला, जिल्ला रेड्क्रश रामेछाप र चारै वटै सुरक्षा निकाय सहितको टोलीले मृतकको परिवारलाई दुई लाख नगद राहत स्वरूप उपलब्ध गराएको वडा अध्यक्ष सुनुवारले जानकारी दिए । 

 

त्यस्तै प्रदेश सरकारले उपलब्ध गराउने भनेको ५० हजार रुपैयाँ सहित २ लाख ५० हजार राहत पीडितका आफन्तलाई प्रदान गरिएको वडा अध्यक्ष चन्द्रबहादुर सुनुवारले बताए । 

 

जिल्ला रेड्क्रश सोसाइटी रामेछापले पनि घटनास्थलमा पुगेर पीडितका परिवारलाई लत्ता कपडा र प्रति परिवार १–१ थान बाल्टी सहयोग गरेको वडा अध्यक्ष सुनुवारले बताए । 

मिलन घिमिरे
| भदौ ६, २०८१ बिहिबार