रामेछापमा यसरी मनाइयो विश्व योग दिवस (फोटोफिचर)

| असार ७, २०७८ सोमबार

फाइल फोटो
A A A
A A A

०७ असार,रामेछाप । ७ औं विश्व योग दिवस रामेछापमा पनि मनाइएको छ । "सबैको कल्याणको लागि योग" (Yoga for Well Being)  भन्ने मूल नाराका सोमबार भर्चुअल माध्यमबाट दिवस मनाइएको हो । आज विश्वभरी यो दिवस मनाइदै छ । 
 

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप, ब्रह्माकुमारी राजयोग सेवा केन्द्र रामेछाप, पतञ्जली योग समिति रामेछापको सहयोगमा र विश्व योग दिवस जिल्ला समारोह समिति रामेछापको आयोजनामा दिवस मनाईएको हो । 

 

भर्चुअल माध्यमबाट दिवसलाई सम्बोधन् गर्दै जिल्ला समन्य समितिका प्रमुख प्रेम बहादुर खड्काले योगको माध्यबाट जीवनलाई सार्थक बनाउन सकिने बताए । उनले यसलाई सरकारले अझै महत्वका साथ लिएर काम गर्नु पर्नेमा जोड्दिए । स्थानीय तहहरुले आगामी आउदो बजेटमा योग विशेष कार्यक्रम पनि ल्याउनु पर्ने बताए ।

 

त्यस्तै रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजूले योग नै जीवनको मूल कडी भएको बताए । उनले यसलाई दैनिक ब्यवहारमा जोड्न सके सुखी नेपाली, समृद्ध नेपालको परिकल्पना गर्न सम्भव हुने दाबी गरे । कोरोना भाइरसको विकराल परिस्थितिमा योगा र ध्यानले मानिसलाई स्वास्थ राख्ने भन्दै सबै नेपालीहरुले योगलाई अंगाल्नु पर्नेमा जोड्दिए । 
 

 

त्यस्तै नेपाल पत्रकार महासंघका अध्यक्ष बद्री नयाँघरेले कोरोना भाइरस संक्रमणको यो परिस्थितिमा योग अभ्यासले मानिसलाई स्वास्थ राख्न मद्त पुग्ने विश्वास् ब्यक्त गरे । उनले विगतका आफ्ना पत्रकारहरुलाई कोरोनाको संक्रमण हुँदाको दिन सम्झिदै आफ्ना धेरै पत्रकार साथिहरुले योग आभ्यास र आत्मबलका कारण कोरोना जितेको विश्वास् ब्यक्त गरे । अध्यक्ष नयाँघरेले योगा सबै नेपालीले दैनिक गर्नु पर्नेमा जोड् दिए ।

 

कार्यक्रममा पतञ्जली सेवा समितिका अध्यक्ष रामहरी सुवेदीद्वरा योगा अभ्यास गराइएको थियो । जिल्ला आयुर्वेद केन्द्रका प्रमुख डा. नरेन्द्र गिरीले अष्टांग योगको बारेमा प्रकाश पारेका थिए । ब्रह्माकुमारी बिष्णु दिदीले वर्तमान समयमा राजयोगको अपिहार्यता उल्लेख गर्दै राजयोगको अभ्यास गराउनु भएको थियो । ब्रह्माकुमार भरतकुमार श्रेष्ठले शारीरिक स्वास्थ्य का लागि शरीर चलायमान र मानसिक स्वास्थ्य का लागि मन स्थिर हुनुपर्ने, योगले कार्यमा कुशलता ल्याउने, आन्तरिक शक्ति मजवुत बनाउन योगको भूमिका रहने उल्लेख गरे साथै विश्व योग दिवसका सन्दर्भमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र बाट ७ गते बाट १३ गते सम्म बेलुका ४ देखि ६ बजेसम्म अनलाइन राजयोग मेडिटेशन कोर्ष हुने जानकारी गराए ।

 

सोही अवसरमा पतञ्जली योग समिति उपाध्यक्ष जे.एन. दाहाल, मन्थली मा.वि.का प्र.अ. टंकप्रसाद दाहाल र ब्रह्माकुमारी सीता दिदीले शुभकामना मन्तब्य राखेका थिए ।

रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजू योगा सम्बन्धि धाराण राख्दै

जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्का योगा सम्बन्धि धाराण राख्दै

नेपाल पत्रकार महासंघका अध्यक्ष बद्री नयाँ घरे योगा सम्बन्धि धाराण राख्दै

मन्थली माध्यमिक विद्यालयका प्रधानध्यापक टंक प्रसाद दाहाल योगा सम्बन्धि धाराण राख्दै


जिल्ला प्रहरी प्रमुख नवराज ढुङ्गाना योगा सम्बन्धि धाराण राख्दै

तस्विर मिलन घिमिरे /रामेछाप टाइम्स

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार