रामेछापको फर्पुका पाँच घर परिवार पहिरोको उच्च जोखिममा, ‘पीडितहरु सुरक्षित स्थान सर्न मान्दैनन्’

| साउन ११, २०८१ शुक्रबार

फाइल फोटो ।
A A A
A A A

११ साउन, रामेछाप । घरमाथिबाट बगेको पहिरोमा परी परिवारका सदस्य समेत गुमाएका गोकुलगंगा गाउँपालिका ६ फर्पु पैरेका पाँच घर पहिरोको उच्च जोखिममा परेका छन् ।

 

गएराति घरमाथिको कान्लो सहितको जमिन अकल्पनीय तरिकाले बगेर आउँदा तीन जना किशोरीको ज्यान गएको उक्त स्थानका केही घरहरू पहिरोको उच्च जोखिममा परेको वडा अध्यक्ष चन्द्र बहादुर सुनुवारले रामेछाप टाइम्सलाई बताए । 

 

वडा अध्यक्ष सुनुवारले रामेछाप टाइम्ससंग भने ‘लाल बहादुर तामाङ, विमान तामाङ, पदम तामाङ, पेमा तामाङ र जित बहादुर तामाङको घर उच्च जोखिममा परेको छ’ उनीहरूको परिवारलाई सुरक्षित स्थानमा सार्ने बारेमा आफूले प्रशासनसँग समेत छलफल गरेको प्रस्ट्याउँदै भने ‘उनीहरू सर्न मानेमा सुरक्षित स्थान तर्फ लानै पर्ने छ ।’

 

पीडित परिवारहरूलाई सुरक्षित स्थानमा सार्न आफूहरू तयार रहेको समेत वडा अध्यक्ष सुनुवारले बताए । तर, जोखिम क्षेत्रमा रहेकाहरु सुरक्षित स्थानमा सर्न मान्नेमा भने वडा अध्यक्ष सुनुवारले आंशका व्यक्त गरे । 

 

अन्य केही घरहरू पनि सोही आसपास रहेको सुनाउँदै पाँच घरका परिवारलाई भने तत्काल सुरक्षित स्थानमा सारिनु अवस्था रहेको उनको भनाई छ ।