पहिरो खस्दा हल्दे–तिल्पुङ्–धोबी सडक पूर्ण रूपमा अवरुद्ध

| साउन १३, २०८१ आइतबार

तस्बिर स्रोत अनुज बुढाथोकी
A A A
A A A

१३ साउन, रामेछाप । गएराति पहिरो खसेर मन्थली हुँदै लिखु तामाकोशी गाउँपालिका धोबी जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । 

 

स्थानीय अनुज बुढाथोकीले रामेछाप टाइम्सलाई दिएको जानकारी अनुसार मध्य राति ११ बजेतिर खसेको पहिरोका कारण हाल्दे हुँदै तिल्पुङ्–धोबी सडक अवरुद्ध भएको हो । 

 

गत असार अन्तिम समयमा कालोपत्रे गरिएको हल्दे–धोबी सडक अवरुद्ध भएसँगै वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ । 

 

रामेछाप टाइम्ससंग कुराकानी गर्दै स्थानीय व्यापारी बुढाथोकीले भने ‘राति खसेको पहिरोको कारण सडक पूर्ण रूपमा अवरुद्ध छ । मोटरसाइकल पनि छिर्न गाह्रो छ ।’

 

पहिरो पन्छाउन पहल सुरु भएकाले दिउँसो सम्म सञ्चालनमा आउने दाबी गरिएको छ ।