खिम्ती–मन्थली सडक: कठजोर खोलामा आएको बाढीले जाली र वालमा क्षति पुर्‍याउँदा पुल जोखिममा

| साउन १७, २०८१ बिहिबार

A A A
A A A

१७ साउन, रामेछाप । जिल्लाका विभिन्न स्थानीय तह र दोलखा जिल्लालाई समेत जोड्ने खिम्ती–मन्थली सडक अन्तर्गत कठजोर खोलामा गए राति कै भारी वर्षको कारण जोखिममा परेको छ । 

 

लिखु तामाकोशी वडा नं ७ तिल्पुङ्को हल्दे नजिकै लिखु तामाकोशी र मन्थली नगरपालिकाको सीमा (डल्फिन होटेल छेउको पुल) भएर बग्ने कठजोर खोलामा आएको बाढीको कारण पक्की पुलको जाली र पुलको वालमा क्षति पुगेकाले जोखिममा परेको  मन्थली नगरपालिका–२ का वडा अध्यक्ष सुरेन्द्रबहादुर कार्कीले रामेछाप टाइम्सलाई बताए । 

 

‘अहिले नै पूर्ण जोखिममा छैन । सवारी चल्न सक्छन् । तर, भरेको जालीमा क्षति पुगेकाले निरन्तर वर्षा समेत भइरहेकाले जोखिम बढेको हो’, वडा अध्यक्ष कार्कीले भने । 

 

उक्त खोलाले आसपासको झण्डै ६० रोपनी भन्दा बढी खेतबारीमा समेत पूर्ण क्षति गरेको छ । 

 

खिम्ती–मन्थली सडक कै हल्दे चोक नजिकै लेदोसहितको बाढी आएर रातिदेखि अवरुद्ध भएको सडक बिहानै लेदोसहितको पहिरो पन्छाएर सञ्चालनमा आएको तरुण दलका नेता उपेन्द्र कार्कीले जानकारी दिए ।