नेकपा एमाले रामेछापको जिल्ला इन्चार्जमा कमल चौलागाई

| साउन १७, २०८१ बिहिबार

A A A
A A A

१७ साउन, रामेछाप । नेकपा (एमाले) रामेछापको जिल्ला इन्चार्जमा नेता कमल चौलागाई मनोनीत भएका छन् । उनी जिल्लाका अग्रज नेता हुन् । 

 

बिहीबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले पछि पार्टी पोलिटब्युरो सदस्य तथा पूर्व मन्त्री चौलागाईलाई  रामेछाप जिल्ला इन्चार्जको जिम्मेवारी दिइएको हो । 

 

 

नेकपा एमालेले अधिकांश जिल्ला र सातै प्रदेशको अधिवेशन सकाएपछि सात वटै प्रदेश सहित जिल्लाहरूमा नयाँ इन्चार्ज तोकेको हो । 

 

 

यसअगाडि रामेछापका पूर्व अर्थ मन्त्री समेत रहेका नेता कैलाश ढुङ्गेल, सिन्धुलीका गणेश पहाडी लगेएतका नेताले यहाँको इन्चार्जको जिम्मेवारी पाएका थिए ।