गत आर्थिक वर्ष विद्युतको क्षेत्रमा रामेछापलाई उल्लासपूर्ण: १२.४८ % ले बढ्यो विद्युत् बिक्री, २ करोड १५ लाख बक्यौता उठ्न बाँकी

| साउन २२, २०८१ मंगलबार

A A A
A A A

२२ साउन, रामेछाप । नेपाल विद्युत् वितरण केन्द्र मन्थली रामेछापले गत आर्थिक वर्ष २०८०/०८१ मा तीन सय भन्दा बढीको विद्युत् काटेको छ । साथै, साँढे १८ करोड भन्दा बढीको विद्युत् बिक्री गरेको वितरण केन्द्रले बताएको छ । गत वर्ष अघिल्लो वर्षको तुलनामा १२.४८ प्रतिशतले विद्युत् बिक्री (युनिट) भएको हो । 

 

मंगलबार रामेछाप टाइम्सलाई प्राप्त विवरण अनुसार गत आर्थिक वर्ष (१ साउन, २०८० देखि ३२ साउन, २०८१ सम्म) विद्युत् वितरण केन्द्र रामेछापले १८ करोड ६५ लाख ९ हजार ७ सत ३ रुपैयाँको विद्युत् बिक्री गरिएको उल्लेख गरिएको छ । 

 

वितरण केन्द्र मन्थलीका सहायक अधिकृत एवं सूचना अधिकारी प्रकाश मैनालीका अनुसार मंगलबार सम्म यो तथ्याङ्क २१ करोड ५० लाख ९४ हजार ४ सय ४७ रुपैयाँको पुगिसकेको छ । जिल्लाको सत प्रतिशत जनताको घरमा विद्युत् पुगेको विवरण सुनाउँदै सूचना अधिकारी मैनालीले पटक–पटक ताकेता गर्दा पनि बिजुलीको महसुल नतिर्ने ३ सय ६० जनाको विद्युत् एक आर्थिक वर्षमा कटिएको बताए । 

महसुल नतिर्ने ग्राहकहरू उद्योग, कलकारखानासहितको लाइन काटिएको सुनाउँदै महसुल तिरेपछि हाल सम्म ३ सय १३ वटाको लाइन जोडिएको सूचना अधिकारी मैनालीले जानकारी दिए । ‘हामीले बिल तिरेपछि लगत्तै लाइन जोडेका छौँ । तर, ताकेता गर्दा पनि नतिर्नेहरूको बाध्य भएर काटेका हौँ ।’ 

 

एक आर्थिक वर्षमा साँढे १८ करोड बढीको विद्युत् बिक्री गर्दा वितरण केन्द्र रामेछापले २ करोड १५ लाख ९ हजार ४ सय ४८ रुपैयाँ बक्यौता उठाउन बाँकी रहेको जनाएको छ । कार्यालयले  बक्यौता तिर्नेको लागि ताकेता गरिरहेको सूचना अधिकारी मैनालीले बताए ।  

 

त्यस्तै कार्यालय प्रमुख दीपेन्द्र बुढाथोकीले हाल सम्म जिल्लाका ३८ हजार एक सय ४६ ग्राहक संख्या पुगेको बताए । यो संख्या गत वर्ष आर्थिक वर्षको भन्दा एक हजार पाँच सय ५२ जना बढेको बताए । जिल्लाभर हाल सम्म चार सय ८८ वटा ट्रान्सफरमर जडान गरिएको सुनाउँदै चालु आर्थिक वर्षमा मात्रै २३ वटा ट्रान्सफरमर जोडिएको बताए । 

 

बर्खा याम सुरु भएयता रामेछाप नगरपालिकाका विभिन्न वडामा केही सामान्य समस्या देखिएर केही अवरोध भइरहेको बताउँदै गत आर्थिक वर्षमा विद्युत् मर्मतको क्रमम तीन वटा सामान्य दुर्घटनामा तीन जना घाइते भएको कार्यालय प्रमुख बुढाथोकीले बताए । 

 

जिल्लामा विद्युत् क्षेत्रको प्रगतिको वर्षको रूपमा स्थापित भएको रूपमा हेरिएको यो वर्ष पहिलो पटक मास लाइट जडान गरियो । गत जेठ २७, २०८० मा कार्यकारी निर्देशक कुलमान घिसिङ स्वयं मन्थली आएर ‘स्मार्ट सडक’ बत्ती उद्घाटन गरेका थिए । 

 

मन्थली नगरपालिकाको वडा नं १ बसपार्क र मदनआश्रतीत चोकमा १–१ वटा यो लाइट जडान गरेर सडक बत्तिमा नयाँ रेकर्ड राख्दा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको जन्म भूमि समेत रहेको सुनापति गाउँपालिकामा समेत पहिलो पटक चार वटा मास लाइट जडान गर्न सफल भएको प्राधिकरणको भनाई छ । 

 

सुनापति गाउँपालिकाको वडा नं ४ को वडा कार्यालय प्राङ्गण, जिल्लाकै चर्चित डहू मावि, जोरधारामा १–१ वटा मास लाइट प्राधिकरण र गाउँपालिकाको साझेदारीमा जोडेर सडक यात्रा र गाउँमा प्राधिकरणको सेवा सहजै पुर्‍याएको सन्देश गएको वितरण केन्द्रले अर्थ्याएको सूचना अधिकारी मैनालीले रामेछाप टाइम्सलाई बताए । 

 

जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगर र सुनापति गाउँपालिकाका मुख्य सडकमा सडक बत्ती जोडेर ‘उज्यालो’ सहर अभियान सुरु भएको बताउँदै चालु आर्थिक वर्ष २०८१/०८२ मा समेत निकै प्रकाश दिने मसा लाइट जोड्ने कार्यालयले निरन्तरता पाउने प्राधिकरणको भनाई छ । 

 

हाल जिल्लाका मुख्य सडकहरूमा ५२ वटा सडक बत्ती संचालनमा रहेको प्राधिकरणले बताएको हो । 

 

हेर्नुहोस् मन्थलीमा मास लाइट सुभारम्भ गरेको भिडिओ

 

मिलन घिमिरे
| भदौ २९, २०८१ शनिबार