रामेछापको मन्थलीमा धार्मिक कार्य महायज्ञ सुरु (फोटोफिचर)

| साउन २६, २०८१ शनिबार

A A A
A A A

२६ साउन, रामेछाप । जिल्ला सदरमुकाम मन्थलीमा आज (शनिवार) देखि धार्मिक कार्य श्रीमद्भागवत ज्ञान महायज्ञ सुरु भएको छ । मन्थली बजारदेखि सुरु भएको पञ्चेबाजा, विभिन्न जातजातिय झाँकीसहितको कलाश यात्रा तामाकोशी नदी पुगेर जल ल्याएर जिल्ला समन्वय समितिको प्राङ्गाणमा धार्मिक 'महोत्सव' सुरु भएको हो । 

 

शनिबार दिउँसो बामगती प्रदेशका सांसद तारानारायण श्रेष्ठले पानसमा दीयो बालेर महायज्ञको सुभारम्भ गरेका हुन् । मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठ, जिल्ला समन्वय समिति रामेछापका उपप्रमुख प्रेमसागर थापासहित जिल्लाका सरकारी तथा गैरसकारी निकायका प्रमुख तथा प्रतिनिधि, भद्रभलाद्मीको उपस्थितिका बिच महायज्ञ प्ररम्भ भएको हो । 

 

संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्र, नेपालको आयोजनामा मन्थलीमा सांस्कृतिक सङ्ग्रहालय निर्माण गर्न आर्थिक सङ्कलन गर्ने उद्देश्यले आजदेखि साउनको ३२ सम्म जिल्ला समन्वय समिति रामेछापको प्राङ्गणमा ‘संस्कृति संरक्षण गरौँ, पर्यटन प्रवर्द्धन गरौँ’ मूल नारा सहित महायज्ञ सुरु भएको हो । 

 

मन्थली नगरपालिका वडा नं २ मा सांस्कृतिक संग्रालय स्थापन गर्नको लागि सहयोगार्थ महायज्ञ आयोजना गरिएको आयोजकले जनाएको हो । 

 

हेर्नुहोस् तस्बिरहरु