विपद्मा परेकाहरुको उद्धारको लागि मन्थली नगरपालिकाले चार वटा हेलिप्याड् तत्काल बनाउने

| असार ७, २०७८ सोमबार

संकेतिक फोटो
A A A
A A A

०७ असार, रामेछाप । मन्थली नगरपालिकाले नगरभित्र ४ वटा हेलिप्याड् निर्माण गर्ने भएको छ । नगरको ४७ औं बैठकले १४ वटा वडा रहेको नगरभित्रका सबै वडालाई पाएक पर्ने गरि कम्तिमा चार वटा हेलिप्याड निर्माण गर्ने निर्णय गरेको हो । 


विपद व्यवस्थापन समितिको सिफारिसमा हेलिप्याड् निर्माण गर्ने निर्णय गरेको नगरको निर्णयमा उल्लेख छ । 

 


वर्खा याम सुरु भएको परिस्थितिलाई ध्यानमा राख्दै नगरले हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राखेर उद्धार र राहातको लागि सहज होस् भन्ने उदेश्यले हेलिप्याड् निर्माण गर्न निर्णय गरेको हो । 

 

त्यस्तै नगरले विपद्बाट पीडितहरुको तत्काल ब्यवस्थापनका लागि सबै वडामा पायक पर्ने गरि चार वटा होल्डिङ्ग सेन्टर पनि संचालन गर्ने भएको छ ।

निर्णय हेर्नुहोस्


 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार