फोनिजको रजत जयन्ती : पथिकलाई ‘खोज पत्रकारिता वर्ष पुरस्कार’ र श्रेष्ठलाई ‘उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता पुरस्कार’

| साउन २८, २०८१ सोमबार

A A A
A A A

२८ साउन, रामेछाप । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले आफ्नो रजत जयन्तीको अवसरमा जिल्लाका दुई जना पत्रकारलाई नगद सहित सम्मानित गरेको छ । 

 

आइतबार रामेछाप नगरपालिकाको सभा हलमा ऊर्जा, जलस्रोत तथा सिचाई राज्य मन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) को उपस्थितिमा वरिष्ठ पत्रकार नवराज पथिक र तुलसी देवी श्रेष्ठलाई नगदसहित सम्मान गरेको हो । 

 

नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष समेत रहेका वरिष्ठ पत्रकार पथिकलाई ‘खोज पत्रकारिता वर्ष पुरस्कार–२०८१’ र ‘उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार २०८१’ बाट पत्रकार महासंघकी सचिव समेत रहेकी श्रेष्ठलाई राज्य मन्त्री तामाङको हातबाट नगदसहित सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो । 

 

दुई दशक भन्दा बढी समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय पथिक हाल रेडियो इनर्जी १०६.२ मेघाहर्जका प्रबन्ध निर्देशक हुन् । भने, एभिन्युज टेलिभिजनका जिल्ला संवाददाता र सनराइज खबर अनलाइनका सहायक सम्पादकको रूपमा क्रियाशील छन् । उनलाई नगद ५ हजारसहित सम्मान (फोनिज) ले सम्मानित गरेको हो । 

 

सम्मानित भएपछि आफ्नो धारणा सामाजिक संजालमा लेख्दै सम्मान स्वरूप पाएको उक्त ५ हजार रुपैयाँ सुनापति गाउँपालिका स्थित डहु मावि बेथानामा अध्ययनरत दुई जना अभिभावक विहीन दलित समुदायका बालकहरूको पठनपाठनको लागि खर्च गर्ने उल्लेख गरेका छन् । 

 

सम्मानित हुने श्रेष्ठ मन्थलीबाट प्रसारित रेडियो तिफदिमा लामो समयदेखि क्रियाशिल छिन् । यी दुवै पुरस्कार फोनिजले आफ्नो स्थापना दिवसमा प्रदान गर्दै आएको छ । 

मिलन घिमिरे
| भदौ २९, २०८१ शनिबार