रामेछापमा सुनचाँदीको कारोबार बढ्दै, व्यवसायी रिजाल भन्छन् – ‘सुनमा कर बढाएर राज्यले हामीलाई अपाच्य व्यवहार गर्‍यो’

| साउन २८, २०८१ सोमबार

A A A
A A A

२८ साउन, रामेछाप । नेपाल सुनचाँदी कला व्यवसायी संघको निवर्तमान केन्द्रीय सचिवालय सदस्य समेत रहेका सुनचाँदी व्यवसायी आकाश रिजालले आफूहरूलाई राज्यले उत्पिडनामा पार्ने व्यवहार गरेको गुनासो गरेका छन् । जिल्लामा चार दर्जन सुनचाँदी व्यवसायीहरू समेत विभिन्न कारण व्यवसायी प्रति बोझ झेलिरहेको उनको भनाई छ ।  जिल्लाभर ४१ वटा सुनचाँदी पसलहरू सञ्चालनमा रहेको र त्यस मध्य एक दर्जन बढी मन्थलीमै सञ्चालनमा रहेको व्यवसायी रिजालले बताए । 

 

सोमबार रामेछाप टाइम्संसगको विशेष कुराकानीमा बोल्दै मन्थलीमा डेढ दशक देखि सुनचाँदी व्यवसायीको क्षेत्रमा क्रियाशील रिजालले पछिल्लो पटक सरकारले बढाएको सुनको करको भारले आफूहरूलाई राज्यले पीडामा पारेको तर्क गरेका हुन् । उनले भने ‘वर्षौनी सुनमा डबल कर बढाएर हामीलाई राज्यले यी पनि नेपाली नागरिक नै हुन् भन्ने समेत ख्याल राखेन । नत्र त्यस्तो व्यवहार गर्दैन थियो ।’

 

सुनचाँदीको क्षेत्रमा चिरपरिचित नाम बनाएका रिजाल दुई कार्यकाल रामेछाप उद्योग वाणिज्य संघको पदाधिकारी भित्र रहेर जिम्मेवार निर्वाह समेत गरी सकेका छन् । उनले भारतमा सुनको कर घटाउँदा हाम्रो मुलुकमा दिन दिनै कर बढाउनू, आर्थिक मन्दी, मूल्य वृद्धि जस्ता विविध कारणले सुनचाँदी व्यवसायीहरू धराशायी हुने स्थितिमा पुगेको बताएका हुन् । 

 

रामेछापको उद्योग वाणिज्य संघको उपाध्यक्ष उपाध्यक्ष समेत रहेका रिजालले जिल्लामा व्यवसायीहरूले सुन ल्याउन निकै झन्झटिलो प्रक्रिया रहेको सुनाउँदै भने ‘हामीलाई बैङ्कहरूले विभिन्न नाममा झन्झटिलो प्रक्रियामा पर्न बाध्य पारेको छ । यहाँका बैङ्कहरूबाट सुन ल्याउन पाउँदैनौँ । काठमाडौँ जानू पर्छ ।’ सुनचाँदी व्यवसायीको खाता समेत खोल्न मुस्किल परिरहेको सुनाउँदै व्यवसायी रिजालले भने ‘सुन ल्याउन त, के खाता खोल्न पनि धेरै झन्झट झेल्नु परेको छ ।’

 

गत वर्ष मात्रै मन्थलीका सुन पसलहरूमा सुन जोख्ने ढक, तराजु जस्ता उपकरणहरू नै त्रुटि भएको तालुक निकायले भनेपछि आलोचित बन्न पुगेको स्मरण गर्दै व्यवसायी रिजालले भने ‘त्यति बेला हामीलाई बिना कारण, प्रमाण बदनाम गर्ने गरी भ्रम फिँजाइयो । त्यो भ्रमले गर्दा कतिपयलाई निकै असर पर्‍यो ।’

 

मन्थलीमा मात्रै नभई जिल्लाका चार दर्जन सुनचाँदी पसलहरूमा बनाउने सुनचाँदीका गरगहना जिल्ला बाहिर बनाएका भन्दा कुनै कैफियत नहुने उनको जिकिर  छ । तौलमा तलमाथि समेत कुनै हालतमा नहुने व्यवसायी रिजालले प्रस्ट पारे ।

 

नेपाली हिन्दु धर्मावलम्बी महिलाहरूको हरितालिका तीज नजिकिएसँगै सुनका गरगहना खरिद् बिक्री केही बढेको सुनाउँदै नभएको अफवाह फैलाएर यहाँको व्यवसायी र व्यापारलाई बदनाम गरेर अन्यत्र जिल्लाका व्यवसायी बढाउने चाल भएको घुमाउरो पारेमा उनले उल्लेख गरे । 

 

तत्कालीन अवस्थामा यहाँका सुनचाँदीको कारोबार धमाधम पर्वत अवस्थामा फर्किएर भइरहेको उनको भनाई छ ।