रामेछापका मोहन कार्कीले लेखे ‘कृपज’, उपसभामुख रानाद्वारा लोकार्पण

| भदौ ४, २०८१ मंगलबार

A A A
A A A

४ भदौ, रामेछाप । जनआकाश साप्ताहिक पत्रिकाका प्रकाशक एवं सम्पादक मोहन कार्कीले ‘कृपज’ नामक पुस्तक प्रकाशन गरेका छन् । देश विकासको खाकाको रूपमा उक्त किताब आफूले लेखेको उनको दाबी छ । 

 

गएको साउन ३१ गते सम्पन्न भएको जनआकाश मिडिया प्रा.लि.द्वार सञ्चालित जनआकाश साप्ताहिक पत्रिकाको १७ औँ वार्षिक उत्सवको अवसरमा प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगर, देशका ख्यातिप्राप्त साहित्यकार, कथाकार, लेखक, विषलेशक, पत्रकार, कलाकार, मोडलसहित दिग्गज व्यक्तिहरूको उपस्थितिमा उपसभामुख राणा मगरले कार्कीद्वारा लिखित ‘कृपज’ को लोकार्पण गरेकी हुन् । 

 

उक्त किताब लोकार्पण गर्दै उपसभामुख राना मगरले ‘यो किताबले कृषि, पशुपालन र विश्वकै दोस्रो जलस्रोतमा धनी हामी नेपालीहरूको वास्तविक पक्ष र विषयहरू उठान गरेको मैले बुझेको छु’ भनिन् । 

 

देशमा खेर गइरहेका जल, कृषि, पशुपालनको उच्चतम उपयोगबाट देश समृद्ध र समुन्नत बनाउन सकिने विषय वस्तुलाई समेटेर ‘कृपज’ लेखिएको भन्दै लोकार्पणमा सहभागीहरूले समेत उक्त पुस्तकको चर्चा गरे । 

 

विगत देखि नै विभिन्न लेख रचना सार्वजनिक गर्दै आएका रामेछापको ठोसे निवासी कार्कीले राष्ट्र भाव बोल्ने गीत समेत लेखेका छन् । 

 

लामो समयदेखि पत्रकारिता र राजनीतिलाई सँग सँगै लिएर हिँडेका कार्कीले आगामी दिनमा पनि नयाँ कृतिहरू लेख्ने बताए । यो पटक दुई हजार वटा पुस्तकहरू छापिएको बताउँदै आगामी दिनमा पत्रकारीतासंगै किताबहरू लेख्नेमा पनि आफूले समय खर्चिने उनको भनाई छ । 

मिलन घिमिरे
| भदौ २९, २०८१ शनिबार