मन्थली पिएच्सी अब १५ शैय्याको अस्पतालमा स्तर उन्नती हुने

| असार ७, २०७८ सोमबार

फाइल फोटो
A A A
A A A

०७ असार, रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नं १ स्थित संचालित प्राथामिक स्वास्थ्य केन्द्र मन्थली पिएसी १५ शैय्याको अस्पतालको रुपमा स्तरउन्नती हुने भएको छ । 


मन्थली नगरपालिकाको ४७ औं बैठकले स्वास्थ्य चौकीको स्तर उन्नती गर्दै सेवा प्रवाहको चाप र आवश्यकतालाई मध्यनजर गरि १५ शैय्याको अस्पतालको रुपमा स्तरउन्नती गर्न लागेको जनाएको छ । हाल अस्पतालबाट प्रवाह हुने सबै खाले सेवा प्रवाह भैरहे पनि स्वास्थ्य केन्द्र नामले परिचित् स्वास्थ्य चौकीलाई अब अस्पतालको रुमाप विकसित् गर्न लागेको नगर प्रमुख रमेश कुमार बस्नेतले रामेछाप टाइम्सलाई बताए ।

 

उनले भने-'अहिले पनि अस्पतालबाट प्रवाह हुने सबै सेवा दिन्छ तर, नागरिकहरुमा स्वास्थ्य चौकी न हो भन्ने साघुँरो मानसिकता बसेकाले अब यसलाई स्तर उन्नती गरि १५ शैय्याको अस्पतालको रुमा विकास गर्ने लागेका हौं ।'


अस्पताललाई स्तर उन्नती गरि १५ शैय्याको अस्पताल बनाउन नगरको कार्यापालिका बैठकबाट निर्णय गरिएको छ । 


हाल स्वास्थ्य केन्द्र पिएसीमा महिला, बालबालिका, वृद्धवृद्धाहरुसहित् अन्य सबै रोगको पनि उपचार हुदै आएको छ । स्वास्थ्य केन्द्रको स्तर उन्नती हुने भएसंगै रामेछापको मुटुको रुपमा रहेको सदरमुकाम मन्थलीमा उपचारको लागि निकै राम्रो कदम अघि सरेको हो ।

निर्णय हेर्नुहोस्


 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार