रामेछापका विनय घिमिरेले गरे त्रिवि ‘टप’

| भदौ ६, २०८१ बिहिबार

A A A
A A A

६ भदौ, रामेछाप । रामेछापको बाबियाखर्कका विनय घिमिरेले त्रिभुवन विश्व विद्यालय (त्रिवि) अन्तर्गतको पहिलाे सेमेस्टरमा विश्व विद्यालय टप गर्न सफल भएका छन् । उनी रामेछाप नगरपालिका वडा नं ८ निवासी हुन् । 

 

गत मंगलबार प्रकाशित नतिजा अनुसार शारदा संस्कृत मावि बाबियाखर्कबाट आफ्नो प्रारम्भिक अध्ययन थालेका घिमिरेले त्रिविले लिएको वार्षिक परीक्षामा (बिबिए) तर्फ शंकरदेव क्याम्पस काठमाडौँबाट विश्व विद्यालय टप गरेका हुन् । 

 

पठनपाठनमा मेहनती, अनुशासित र व्यवहारमा अब्बल घिमिरेले माथिल्लो कक्षामा सर्वोत्कृष्ट नतिजा हासिल गर्न सफल भएका हुन् । यस अगाडि पनि शंकरदेव क्याम्पसले लिएको छात्रवृत्तिको आन्तरिक परीक्षामा पनि उनी सर्वोत्कृष्ट हुँदै पूर्ण छात्रवृत्ति प्राप्त गर्न सफल भएका थिए । 

 

रामेछापको मन्थली स्थित तामाकोशी बोर्डिङ स्कूल हुँदै आफ्नो अध्ययनलाई अगाडि बढाएका उनीसँगै शंकरदेव क्याम्पसबाट सम्पदा अधिकारी, समीक्षा हमाल, आयुष्मा राउत, सबिना आचार्य र लक्ष्मी शर्मा समेतले ४.०० ‘एसजीपीए’ ल्याई त्रिवि टपर भएको त्रिविले सार्वजनिक गरेको सूचनामा उल्लेख छ । 

 

२०७८ सालमा तामाकोशी बोर्डिङबाट ३.९० जिपिए ल्याएर विनयले (एसइई) उत्तीर्ण गरेका थिए । जिल्ला सदरमुकाम मन्थलीमा सञ्चालित तामाकोशी बोर्डिङ स्कुलबाट पठनपाठन गर्ने छात्राछात्रहरुले पछिल्लो समय माथिल्लो कक्षामा उत्कृष्ट नतिजा ल्याउन थालेका छन् । 

 

तामाकोशी बोर्डिङ्का प्रधानाध्यापक (प्रअ) दीपक खड्काले आफूहरूले पढाएको विद्यार्थीले त्रिवि टप गर्नु विद्यालयकै लागि गौरवको विषय भएको बताए । विनयलाई बधाई दिँदै (प्रअ) खड्काले थप क्रियाशीलता साथ आफ्नो पठनपाठन अगाडि बढाउनु पनि विनयलाई आग्रह गरे ।

 

नेपाल पत्रकार महासंघका अध्यक्ष बद्री नयाँघरे र माता मीरा घिमिरेका कान्छा छोरा विनयले सम्भवतः जिल्लाकै इतिहासमा पहिलो हुँदै (त्रिवि) मा सर्वोत्कृष्ट नतिजा हासिल गरेका हुन् । रामेछापका शिक्षा प्रबुद्ध व्यक्तिहरुले पनि हाल सम्म रामेछापबाट त्रिवि टप गर्ने रेकर्ड याे नै पहिलो भएको बताए ।

 

उनले चाडक्य क्याम्पस भक्तपुरबाट कक्षा १२ पनि उत्कृष्ठ अंकको साथ उतिर्ण गरेको माता मीरा घिमिरेलाई बताइन् । 

मिलन घिमिरे
| भदौ २९, २०८१ शनिबार