रामेछापको मन्थलीमा साउन ३२ गते सकिएको महायज्ञ ३ लाख घाटामा, १० लाख बढी खर्च

| भदौ ७, २०८१ शुक्रबार

A A A
A A A

७ भदौ, रामेछाप । गएको साउनको २६ गतेदेखि ३२ गते सम्म मन्थलीमा सम्पन्न भएको धार्मिक कार्य श्रीमद्भागवत ज्ञान महायज्ञ घाटामा गएको छ । आयोजकले जिल्लामै ‘यती वृहत्’ महायज्ञ पहिलो पटक गरिएको दाबी गरेको छ । महायज्ञमा सोचेअनुसारको दान (सहयोग) प्राप्त नभएपछि आयोजक निराशा देखिएको छ । यद्दपी प्रचारप्रसार भएको भन्दै सन्तुष्ट रहेको भन्दै महायज्ञ सफल भएको दाबी गरेको छ । 

 

संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्र, नेपाल रामेछाप मन्थली शाखाको आयोजनामा मन्थली स्थित जिल्ला समन्वय समितिको प्राङ्गणमा सात दिन चलेको धार्मिक कार्य महायज्ञमा १० लाख २७ हजार १३८ रुपैयाँ खर्च हुँदा ७ लाख ६८ हजार ११४ रुपैयाँ मात्रै आम्दानी भएको संस्थाका सचिव हरेराम क्षेत्रीले रामेछाप टाइम्सलाई बताए । 

 

जसअनुसार मन्थली नगरपालिकाको वडा नं १ आकाशे सेफ्हाउस् मुनी ७ रोप्नी जग्गामा देश भरीका जातजाति, भाषा भाषिका विविध पक्षलाई संरक्षण गर्ने उद्देश्यले संस्कृति संरक्षण संग्रालय निर्माण गर्ने उद्देश्यले आयोजित महायज्ञ नै दुई लाख ५९ हजार २४ रुपैयाँ घाटामा गएको सचिव क्षेत्रीले बताएका हुन् । 

 

सात दिन सम्म संचालित उक्त महायज्ञमा अन्दाजी पाँच हजार बढी भक्तजन, दर्शनार्थीहरुले अवलोकन गरिएको आङ्कलन गरिएको महायज्ञमा सबै भन्दा बढी भाइरल भनिएका झाँक्री प्रकाश भुजेलले ३ लाख ३० हजार रुपैयाँ दान एवं आर्थिक सहयोग गरेका थिए । ‘संग्रालय बनाउने कार्यको सबैबाट सकारात्मक प्रतिक्रिया आश्वासन पाएका छौँ । सहयोग गर्छु भनेर धेरैले बोल्नु भएको छ’, थप सहयोग जुट्ने विश्वास सहित सचिव क्षेत्रीले भने । 

संग्रालय बनाउन सहयोग आउने विश्वाससहित उनले भने ‘मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले दुई लाख दिन्छु भन्नु भएको छ।’ जिल्लाको मन्थलीलाई धार्मिक एवं सांस्कृतिक संरक्षण संग्रालय निर्माण गरेर तीर्थ स्थलको रूपमा परिचित गर्ने योजना सुनाउँदै तीनै तहका सरकारहरुसंगको समन्वयमा संग्रालय बनाएर छाड्ने जिकिर गरे । 

 

उक्त संग्रालय कुनै जाति, भाषा, धर्म विशेषको नहुने प्रस्ट पार्दै सबै जातजातिका लोप हुन लागेका सामाग्रीहरू संग्रालयमा राखिने सचिव क्षेत्रीले बताए । ‘यो कुनै हिन्दु धर्म विशेष हैन । यहाँ बौद्ध, इसाई सबै धर्मका सामाग्रीहरू राख्ने गरी हाम्रो तयारी अगाडि बढेको छ।’

 

पछिल्लो समय हाम्रा संस्कार, संस्कृति लोप हुँदै गएकाले उक्त संग्रालयको परिकल्पना गरिएको उनले बताए । 

हरेराम क्षेत्री