रामेछापको दोरम्बा शैलुङ् लेखर्कमा पहिरो जाँदा ४ घर र पक्की पुल बगायो : ८/१० जना सम्पर्क बिहीन्, एक जनाको शव भेटियो

| भदौ ९, २०८१ आइतबार

दाेरम्बा शैलुङ गाउँपालिका- २ र ३ काे जोड्ने पक्की पुल, तस्बिर स्रोत : Ganesh Bahadur Magar ।
A A A
A A A

०९ भदौ, रामेछाप । रामेछापको दोरम्बा शैलुङ् गाउँपालिका वडा नं ३ लेखर्क पहरे गाउँमा निरन्तरको वर्षाको कारण पहिरो जाँदा ठुलो जनधनको क्षति भएको छ । त्यहाँ पहरी गाउँरहेको छ । 

 

गए राति ११ ४५ बजे माथिबाट खसेको पहिलोमा परी प्राप्त जानकारी अनुसार चार वटा घर बगाएको पुष्टि भएको छ । उक्त पहिरोमा परी हाल सम्म १० जना सम्पर्क विहीन भएका छन् । 

 

स्थानीय तुल प्रसाद कँडेलले रामेछाप टाइम्सलाई दिएको जानकारी अनुसार दुई जनाको घटना स्थलमा पुगेको प्रहरी सहितको उद्दार टोलीले उद्दार गरिरहेको छ । भने, ८ जना सम्पर्क विहीन भएका छन् । कँडेलले रामेछाप टाइम्ससंग भने ‘दुई जनाको उद्दार हुँदै छ । ८ जना सम्पर्कमा नरहेको जानकारी छ । सम्पर्कमा नरहेकाहरू फोन नलागेर पनि हुन सक्छ । राति र झरीको कारण पुष्टि गर्न बाँकी छ ।’

 

साथै, वडा २ र ३ जोड्ने अँधेरी खोलाको पक्की पुल बगाउँदा घटनास्थल सम्म पुग्न समस्या भएको छ । त्यहाँका स्थानीय तुल प्रसाद कँडेलका अनुसार घर, गोठ, पुल सबै बगाउँदा ठुलो जनधनको क्षति भएको छ । 

 

बस्तीको सिरानमा रहेको खोलाको भीषण आवाजले टोकरपुरको बस्तीको मानिसहरू रातभर जाग्राम बसेका छन् ।

 

यता जिल्ला प्रहरी कार्यालय रामेछापले प्रहरी टोली घटनास्थल तर्फ जाँदै गरेको र ४ घर बगाएको सम्मको जानकारी पाएको सूचना अधिकारी कौशल न्यौपानेले रामेछाप टाइम्सलाई बताए । 'हाम्रो टोली जाँदै छ । थप जानकारी आउन बाँकी छ ।'

 

गाउँपालिकाकी उपाध्यक्ष खमला थापा मगरले चार घर बगाएको पुष्टि गर्दै रामेछाप टाइम्ससंग भनिन् - एक जनाको शव भेटिएको छ । बेपत्ताहरु यकिन हुन बाँकी छ । हामी घटनास्थल तर्फ पुग्दै छौं ।