अपडेट : दोरम्बा पहिरोमा १ नाबालक र २ बालकसहित ६ जनाको शव भेटियो, ४ जना बेपत्ता (नामावलीसहित)

| भदौ ९, २०८१ आइतबार

A A A
A A A

९ भदौ, रामेछाप । गए राति दोरम्बा शैलुङ गाउँपालिका–३ लेख खर्क मा गएको पहिरोमा परी हाल सम्म ६ ज्यान गुमाउने सहित एक जनाको घाइते परिचय खुलेको छ । मृत अवस्थामा छ जना फेला पारिएको हो । 

 

उक्त घटनामा सोही ठाउँका ११ वर्षीय अन्जना श्रेष्ठ घाइते भएकी छिन् । उनको कम्मर भन्दा मुनिको भाग नचल्ने भएको जिल्ला प्रहरी कार्यालय रामेछापले घटनास्थलमा खटिएका  इलाका प्रहरी कार्यालय टोकरपुरका प्रहरी निरीक्षक सानुकान्छा रम्तेललाई उदृत गर्दै बताएको छ । 

 

गम्भीर घाइते श्रेष्ठलाई  उपचार गर्नको लागि दोरम्बा स्वास्थ्य चौकीबाट चिकित्सक बोलाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता कौशल न्यौपानेले जानकारी दिए । उनका अनुसार उक्त पहिरोमा परि दोरम्बा शैलुङ गाउँपालिका वडा नं ३ लेखखर्क बस्ने ३० वर्षीय चण्डिका श्रेष्ठ र सोही ठाउँका १८ महिनाका नाबालक आमुष श्रेष्ठको मृत्यु भएको छ । 

 

त्यस्तै सोही ठाउँका ५७ वर्षीय उर्मिला पहरी, ३० वर्षीय सन्दीप पहरी, ११ वर्षीय सन्तोष पहरी, १४ वर्षीय विज्ञान पहरीलाई मृत अवस्थामा फेला पारिएको जिप्रकाले जानकारी दिएको हो । 

 

आज बिहान अन्दाजी ३ : ३५ बजेको समयमा लेखखर्क स्थित पहरी गाउँमा अविरल बर्सादको कारण गाउँ मातिबाट भल बाढी र पहिरो आई तीन वटा घर बगाएको र एक घर पहिरोले पुरिएको खबर आएपछि प्रहरी निरीक्षक रम्तेलको कमाण्डमा टोली घटनास्थल पुगेर उद्दार गरिरहेको जिप्रकाले जनाएको छ । 

 

अहिले घटनास्थलमा रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रदीप कुमार सिंहसहित ११ जनाको टोली, नेपाली सेता, सशस्त्र प्रहरी र स्थानीय जनप्रतिनिधिको सहयोगमा खोजी उद्धारको काम जारी रहेको रामेछाप प्रहरीले बिहान ९ : ४० सम्म जानकारी दिएको छ ।

 

हाल सम्म एक नाबालक र दुई बालकसहित ६ जना मृत भेटिएका हुन् । अझै ४ जना बेपत्ता रहेका हुन् ।  उनीहरूको खोजी कार्य जारी छ । 

 

सूचीमा हेर्नुहोस् मृतकहरू 

दोरम्बा शैलुङ गा.पा.वडा नं ३ लेखखर्क बस्ने बर्ष३० की चण्डिका श्रेष्ठ

ऐ ऐ बस्ने १८ महिनाको बालक आमुष श्रेष्ठ

ऐ.ऐ बस्ने बर्ष बर्ष ५७ कि उर्मिला पहरी 

ऐ.ऐ.बस्ने बर्ष ३० को सन्दीप पहरी

ऐ.ऐ.बस्ने अं ११ को सन्तोष पहरी

ऐ.ऐ.बस्ने १४ को विज्ञान पहरी

निम्न घाइते

दोरम्बा शैलुङ गा. पा.वाड नं ३ बस्ने बर्ष ११ अन्जना श्रेष्ठ (कम्मर भन्दा मुनिको भाग नचल्ने निजलाई उपचारको लागी दोरम्बा स्वास्थ्य चौकीबाट सम्बन्धित चिकित्सक आउँदै अवस्था बोल्न सक्ने)

 

सम्बन्धित खबर 

दोरम्बा लेखर्क पहिरो अपडेट : एक वर्षीय छोरो र आमाको शव निकालियो, ४ घर नाम निसाना नरहने गरी अँधेरी खोलामा बगे, एक घर पुरियो

रामेछापको दोरम्बा शैलुङ् लेखर्कमा पहिरो जाँदा ४ घर र पक्की पुल बगायो : ८/१० जना सम्पर्क बिहीन्, एक जनाको शव भेटियो