हजारौँको भव्य उपस्थितिका बिच यसरी सकियो मन्थलीसहित रामेछापमा ‘लाखे नाच’ (भिडिओसहित)

| भदौ १२, २०८१ बुधबार

A A A
A A A

१२ भदौ, रामेछाप । श्रीकृष्णले लाखेको तीर प्रहारबाट बद गरेसँगै यो वर्षको लाखे नाच मंगलबार राति देखि सकिएको छ । उनीहरूले साता व्यापी रूपमा लाखे नाचेका थिए ।  जिल्लाको मन्थली बजार, वडा नं ८ चिसापानी, रामेछाप नगरपालिकाको वडा नं ८ भँगेरी र गोकुलगंगा गाउँपालिका वडा नं २ ठोसेमा त्यहाँका नेवार समुदायले आफूहरूको संस्कार र मुख्य पर्वको रूपमा समाजमा हुने विकृति र विसङ्गतिमाथि लाखे मार्फत व्यङ्ग गर्दै बाजा गाजाको साथमा रमाइलो गर्ने गरेका छन् । 

 

विशेष गरी वर्ष भरी आफ्नो जात एवं समुदायमा ज्यान गुमाएकाहरूको शान्तिको लागि यो लाखे नाचिँदै आएको नेवा खल रामेछापका अध्यक्ष शेरमान श्रेष्ठले रामेछाप टाइम्ससंग बताए । विगतमा एउटा लाखेले बालबालिका खाने गरेपछि त्यसलाई विधि पूर्वक पूजा गरिएको अण्डा र मासु खुवाएपछि लाखे एक मानिसमा परिणत भएको पौराणिक तथ्यका आधारमा लाखे नाच सुरु भएको उनी बत्ताउँछन् । 

 

केही वर्ष सुस्ताएर लोप हुने परिस्थितिमा पुगेको अनुभूति भएपछि आफूहरू संगठित रूपमा अगाडि बढेर अभियान कै रूपमा लाखेलाई अगाडि बढाइएको अध्यक्ष श्रेष्ठले बताए । संगठित भएपछि यहाँका नेवार समुदायलाई मन्थली नगरपालिकाले बाजा गाजाहरु र आर्थिक सहयोग समेत उपलब्ध गराएपछि आफूहरूलाई कार्यक्रम गर्न थप प्रोत्साहन मिलेको पूर्व वडा अध्यक्ष समेत रहेका श्रेष्ठले प्रस्ट पारे । 

मन्थलीमा रोपाइ, हिला जात्रा सहितका प्रत्येक दिन हजारौँ भीड देखिएको लाखेलाई आगामी दिनमा थप व्यवस्थित गर्दै लैजाने योजना रहेको अध्यक्ष श्रेष्ठले सुनाए । यो वर्ष दोलखाको चरिकोट सम्म पुगेर आफूहरूले संस्कृतिको आदान प्रदान गरेको बताउँदै आगामी दिनमा रामेछापले पनि वृहत् लाखे नाच राख्न सक्ने योजना सुनाए । 

 

कलाकाहरुलाई खाना बस्न सहित व्यवस्थापन गर्नको लागि आर्थिक सहयोग आवश्यक पर्ने बताएका अध्यक्ष श्रेष्ठले लाखे हामी सबैको महत्त्वपूर्ण संस्कार भएकाले यसको संरक्षण गर्न लाग्नु पर्नेमा जोड् दिए । लाखे दोस्रो जिल्लामा गएर प्रदर्शन गर्न पाउनु सिक्ने र सिकाउने थलो हुने भन्दै खुसी व्यक्त गरे ।  

 

श्रीकृष्णबाट लाखेको यसरी गरियो बद् हेर्नुहोस् भिडिओ

 

 

अध्यक्ष शेखरमान श्रेष्ठसंगको कुराकानी