आलोचना !

| भदौ २८, २०८१ शुक्रबार

A A A
A A A

आलोचना शब्द सुने बित्तिकै अधिकांश मानिसको दिमागमा नकारात्मक प्रभाव पर्दछ र मनमा अमिलोपन पस्दछ । आलोचना मानिसको जन्म देखि मृत्यु सम्म चलिरहने मानवीय भावनाको तत्त्व हो। एउटा शिशु जन्म नै बित्तिकै मानिसको आलोचना सुरु हुन्छ। घनटाउके रहेछ, कालो रहेछ । आमा गोता गएछ, कति राम्रो गोरो रहेछ । मावली गोता गएछ,नाक थेप्चो रहेछ।अब घन टाउके र कालो आलोचना जस्तो लाग्छ। तर, गोरो प्रशंसा जस्तो लाग्छ। वास्तवमा दुवै आलोचना नै हुन्। 

 

अब हामी किशोर अवस्थामा प्रवेश गर्दछौँ हामीमा मानसिक, शारीरिक र भावनात्मक हिसाबले परिवर्तन सुरु हुन्छ । मन अति नै चञ्चल र अस्थिर हुन्छ। समाजका मानिसले आलोचना गर्न सुरु गर्दछ। हेर पल्ला घरको रामेले रक्सी,चुरोट,गाँजा खान थाले छ,सिताकी छोरी त श्यामेको छोरा सँग जिरी घुम्न गकि थिई मैले देखेको,किशोरा अवस्था । तल्ला घरे जन्तरेकी माइली छोरीले त दोस्रो बिहे गरिछे । दोस्रो पतिले उसलाई धेरै मानसिक तनाव दिन्छ।  

 

अब आँखा चिम्लेर मात्र दुई सेकेन्ड सोच्नु होस् र तपाई रामे,श्यामेको छोरा, सिताकी छोरी र जन्तरेकी माइली छोरीको ठाउँमा आफूलाई राख्नु होस्। आलोचना गर्ने मान्छे देख्ने बित्तिकै मारिदिऊ कि काटिदिऊ जस्तो लाग्छ। तर, होइन आलोचना भन्ने बित्तिकै नराम्रो नै हुन्छ भने हाम्रो मानसिकता छ। 

 

वास्तवमा समाजका मानिसले हाम्रो लागि आफ्नो महत्त्वपूर्ण समय हामी सुधार्न खर्च गर्दै छन्। रक्सी, चुरोट र गाँजाको लतमा लागिस्,सुधार तर्फ अगाडि बढ है,भविष्य निर्माणको अवस्थामा गन्तव्य विहीन भईस, गन्तव्य तर्फ अगाडि बढ है,किशोरा अवस्था नै बिहे गर्दा धेरै मानसिक समस्या भोग्नु पर्दछ है बुझी राख भनेर समाजले हामीलाई सन्देश दिई राख्छ। सन्देश ग्रहण गरेर अगाडि बढ्ने कि नबढने तपाई हाम्रो हातमा छ।  

 

आलोचनाका शब्दले हामीलाई कठोर बनाउँदै गन्तव्यमा पुग्न थप टेवा दिन्छ।

 

जीवनको अति नै सुन्दर अवस्था युवा अवस्था, चुनौती र अवसरले बराबर भरिएको अवस्था । यो अवस्थामा झन् आलोचना अरिङ्गालको हुल जस्तो आउँछ। आलोचनाको खण्डन गर्ने होइन कि मनन र चिन्तन मात्र गर्ने हो। आलोचना सुरु हुन्छ । १२ कक्षामा दुई विषयमा फेल भएछ । हेर बिचरा अस्ट्रेलियाको भिसा नलागेर पागल जस्तै हिँडी रहेको छ, त्यो मुला कक्षामा प्रथम भए भनेर खुब हिरो हुन थियो । अहिले सम्म लोकसेवामा नाम निकाल्न सकेको छैन । ऊ सँगै पढेको साथीले पोहोर नै शाखा अधिकृत खायो । सँगैको साथी ठेकेदार भएर कारमा चढेर हिँड्छ,यो चाहिँ कृषि क्रान्ति गर्दछु भनेर बसेको छ,त्यसलाई कुनै केटी वा केटा पत्याएका छैन । त्यसैले गर्दा यसको बिहे नै भएको छैन।

 

अब यी प्रश्न सुन्दा सम्म कोहीमा कोइलाको राप र ताप जस्तो रिस उठ्दछ,भने कोहीमा जीवन बाँचेर काम रहेनछ जस्तो लाग्छ। वास्तवमा यी प्रश्नले हामी कहाँ चुकेका छौ भनेर हामी आफैले पत्ता लगाउन नसकेको बेला पत्ता लगाउन सहयोग गरिदिन्छ । आलोचनाका शब्दले हामीलाई कठोर बनाउँदै गन्तव्यमा पुग्न थप टेवा दिन्छ।अझ सशक्त र खरो रूपमा कसैको अगाडि प्रगति र उन्नति गर्नु पर्ने अवस्थामा खडा गरिदिन्छ।आलोचना बिना कुशल व्यक्तित्वको निर्माण असम्भव नै छ।भन्नू होस समस्या समाधान गरी दिने तत्त्व आलोचना राम्रो कि नराम्रो ,आलोचना गर्न दिनु होस् ,तपाई सुन्नुस् र बिना पैसा र समय आफ्नो जीवनको पोर्टफोलियो बढाउनु होस् ।  अन्तमा,आलोचनाले पचाउन सके औषधिको काम गर्दछ,पचाउन नसके बिष । सबैले सकारात्मक सोचौँ । 


लेखक ः कञ्चन कार्की हाल याङवरक गाउँपालिका,पाँचथरमा सर्भेक्षक पदमा कार्यरत  छन्। उनी उमाकुण्ड-०३ रामेछापमा निवासी हुन् ।         

समिन बरुवाल
| चैत १५, २०८० बिहिबार