रामेछापका पत्रकार नयाँघरे नगदसहित सम्मानित

| भदौ २९, २०८१ शनिबार

A A A
A A A

२९ भदौ, रामेछाप । नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरे नगदसहित सम्मानित भएका छन् । उनलाई जिल्लाबाट सञ्चालित हुने दैनिक पत्रिका गन्तव्य टुडेले नगद २० हजारसहित सम्मान गरेको हो । 

 

शनिवार मन्थली नगरपालिकाको सभा हलमा बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री विमल ठकुरीको हातबाट अध्यक्ष नयाँघरेलाई सम्मान पत्रसहित २० हजार पुरस्कार प्रदान गरी सम्म नगरेको हो । 

 

जिल्लाका अग्रज एवं वरिष्ठ पत्रकार नयाँघरे नेपाल पत्रकार महासंघको अध्यक्ष हुन् भने रेडियो नेपालका जिल्ला संवाददाता सहित विभिन्न मिडियामा आबद्ध रहेर पत्रकारितामा सक्रिय छन् ।  गन्तव्य टुडेको ८ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा नयाँघरेलाई उक्त पत्रिकालाई विशेष सहयोग गरेको भन्दै सम्मान गरिएको पत्रिकाका कुमार श्रेष्ठले उद्घोष गरे । 

 

 

सम्मानित भएपछि बोल्दै अग्रज पत्रकार नयाँघरेले आफूले कहिले पनि बदलाको भावनाले पत्रकारितालाई नलिएको बताए । सबैलाई सम्मान र सकारात्मक तरिकाले अनुसरण गरेर पेसालाई सम्मानित ठान्दै कर्म गर्दा आफू यो ठाउँ सम्म आइपुगेको धारणा राखे ।

 

उनले पछिल्लो पुस्तालाई पनि पेसालाई सम्मानित त मर्यादित बनाउन आग्रह गर्दै जिल्लामा रहेका सबै पक्षमाथि राज्यको चौथो अंगको जिम्मेवारी पूरा गर्न आग्रह गरे ।