मन्थली नगरपालिकाले थाल्यो डेङ्गी संक्रमण रोकथाम अभियान (भिडिओसहित)

| भदौ ३०, २०८१ आइतबार

A A A
A A A

३० भदौ, रामेछाप । मन्थली नगरपालिकाले डेङ्गीको संक्रमण रोकथाम गर्ने अभियान सुरु गरेको छ । डेङ्गीको संक्रमण सार्ने लामखुट्टेको लार्भा, अण्डा नष्ट पारी यसले सार्ने संक्रमण नियन्त्रण गर्न औपचारिक रूपमा अभियान थालिएको नगरपालिकाको स्वास्थ्य शाखाको भनाइ छ । 

 

आइतबार बिहान निमित्त प्रमुख प्रशासकीय अधिकृत हेमन्त बुढाथोकीसहित नगरका कर्मचारी, मन्थली अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, जिल्ला रेड्क्रश, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनासहितको उपस्थितिमा औपचारिक रूपमा जनचेतना अभियान सुरु भएको नगरका स्वास्थ्य शाखा प्रमुख केशव फुयाँलले उद्घोष गरे । 

 

केही समययता डेङ्गिको सङ्क्रमितहरू देखिन थालेकाले त्यसलाई रोकथाम गर्न सबैको ध्यान जावस् भन्ने उद्देश्यले औपचारिक अभियान थालेको शाखा प्रमुख फुयाँलको भनाई छ । नगरपालिकाले मात्रै यो संक्रमण नियन्त्रण गर्न नसक्ने भन्दै बजार बासीसहित सबैले सचेतना अपनाउन सकुन् भन्नको लागि यो अभियान थालिएको शाखा प्रमुख फुयाँलले जोड् दिँदै भने । 

त्यस्तै मन्थली अस्पतालका मेडिकल सुपरिटेण्डेन् डाक्टर समीर क्षेत्रीले डेङ्गि रोक बारेमा जानकारी गराउँदै यो संक्रमण लाग्ने, सर्ने, बच्ने उपायहरूको बारेमा प्रष्ट पारे । गत आर्थिक वर्षमा मन्थली अस्पतालमा ६०२ सयको परीक्षण गर्दा ५७ जनामा संक्रमण पुष्टि भएको सुनाउँदै चालु आर्थिक वर्षको दुई महिनामा पनि ५ जनामा संक्रमण पुष्टि भइसकेको डाक्टर क्षेत्रीले जानकारी दिए । यो दुई महिना भित्रमात्रै १०५ जनाको परीक्षण गर्दा सो संक्रमित पुष्टि भएको उनको भनाई छ ।

 

घर वरपर ७ दिन सम्म एकै ठाउँमा पानी जमेको ठाउँबाट जन्मने इन्सेफ्लाइटिस एडिस जातको लामखुट्टेको टोकाइबाट यो संक्रमण हुने प्रस्ट्याउँदै पूरा बाउला भएको कपडा लगाउने, सुत्दा झुलभित्र सुत्ने, पानी जम्न नदिने, लार्भा नष्ट गर्ने नै यसबाट बच्ने उत्तम उपाय भएको डाक्टर क्षेत्रको भनाई छ । 

 

नगरका सबैले सचेत भएर यो संक्रमण रोकथाममा लाग्ने डाक्टर क्षेत्रीको सुझाव छ । डेङ्गि रोगको कुनै औषधि हाल सम्म नभएकाले यसलाई यो संक्रमण भएपछि सामान्य प्रकृतिका औषधि सेवन गर्नु पर्ने बाध्यता रहेकाले पनि यसबाट बच्न उनको सुझाव छ ।  

मिलन घिमिरे
| भदौ २९, २०८१ शनिबार