स्वास्थ्य सुविधामा मन्थली नगरपालिका जिल्लाकै पहिलो, उमाकुण्ड दोस्रो, स्वास्थ्य चौकीतर्फ खाँडादेवी पहिलो मन्थली तेस्रो

| असोज ४, २०८१ शुक्रबार

A A A
A A A

४ असोज, रामेछाप । मन्थली नगर अस्पतालको रूपमा संचालित अस्पताललाई चालु आर्थिक वर्ष २०८१/०८२ को सुरुवासँगै बागमती प्रदेश सरकारले प्रदेश अस्पतालको रूपमा स्तर उन्नति भएको घोषणा गरेको मन्थली अस्पतालसहित विभिन्न सहरी स्वास्थ्य केन्द्रहरू, निजी स्वास्थ्य संस्था समेत संचालित जिल्ला सदरमुकाम समेत रहेको मन्थली स्वास्थ्य क्षेत्रमा जिल्लाको उत्कृष्ट नगरपालिका घोषित भएको छ । आठ वटै पालिकाका सञ्चालनमा आएका अस्पताल एवं स्वास्थ्य संस्थाहरूबाट गत आर्थिक वर्षमा प्रवाह भएका सेवाको मूल्याङ्कन गर्दा मन्थली नगरपालिका जिल्लाकै पहिलो बनेको जनस्वास्थ्य कार्यालय रामेछापले जनाएको हो । 

 

शुक्रवार जनस्वास्थ्य कार्यालय रामेछाप डाँडामा भएको गत आर्थिक वर्ष ०८०/०८१ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरूको जिल्ला स्तरीय वार्षिक समीक्षा गोष्ठी कार्यक्रममा मन्थली नगरपालिका  ७७.० प्रतिशत अङ्कसहित जिल्लाको प्रथम बनेको जनस्वास्थ्य कार्यालय रामेछापले घोषणा गरेको हो । 

गत वर्षभरि गरिएका स्वास्थ्यका कार्यक्रमहरूको विभिन्न सुचाङ्कहरुको आधारमा गरिएको मुल्याङ्रकनमा ८ वटै स्थानीय तह र त्यस अन्तर्गतका स्वास्थ्य संस्थाहरूको कार्यसम्पादन मूल्याङ्कन गर्दा उमाकुण्ड गाउँपालिका ७२.० प्रतिशत अङ्कसहित दोस्रो हुन सफल भएको छ । यो दुर्गम भनेर परिचित पालिका हो । यद्दयपी यो पालिकामा १० शय्याको अस्पताल पालिकाको केन्द्र प्रिति च्यादलुमा दशैं लगत्तै सुचारु हुने अवस्थामा पुगेको छ । सात वटा वडा रहेको यो पालिकामा सबै वडाहरूमा स्वास्थ्य चौकी सञ्चालनमा रहेका छन् । भने, २ नम्बर बाम्तिभण्डार र ४ नम्बर प्रितिमा १०–१० शय्याका अस्पताल संचालन हुने तयारीमा अवस्थामा छन् । 

 

त्यस्तै पछिल्लो पटक निर्वाचित जनप्रतिनिधिहरूले प्रविधि मैत्री पालिका बनाउँछौँ भन्दै चर्चा गरिरहेको खाँडादेवी गाउँपालिका ६६.० प्रतिशत अङ्कसहित जिल्लाकै तेस्रो पालिका घोषित भएको  जनस्वास्थ्यले कार्यालय रामेछापका सूचना अधिकारी सुमन मोक्तानले रामेछाप टाइम्सलाई बताए । 

 

उनका अनुसार प्रथम, द्वितीय र तृतीय हुने स्थानीय तहहरू सहित स्वास्थ्य संयोजक एवं स्वास्थ्य संस्थाका प्रमुखहरूलाई प्रमाणपत्रले सम्मानित गरेको छ । बिहीबार र शुक्रवार दुई दिन सम्म जिल्लाका स्वास्थ्य संस्थाको वार्षिक समीक्षा सहितको उक्त कार्यक्रममा जिल्लाको समग्र स्वास्थ्य अवस्थाको बारेमा वृहत् छलफल गरिएको सूचना अधिकारी मोक्तानको भनाई छ । 

 

चालु आर्थिक वर्ष २०८१/०८२ को छ महिना सम्म आइपुग्दा दोरम्बा शैलुङ् गाउँपालिका, खाँडादेवी गाउँपालिका, सुनापति गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकामा पालिका स्तरीय अस्पतालहरू पूर्ण रूपमा सञ्चालनमा आउन सकेका छैनन्। कतिपय पालिकामा निर्माणाधीन पालिका स्तरीय अस्पताल भवनको काम नै अलपत्र अवस्थामा पुगेका छन् ।

 

पालिका भरिको स्वास्थ्य सुविधामा मन्थली नगरपालिका पहिलो भए पनि स्वास्थ्य चौकीहरू तर्फ खाँडादेवी गाउँपालिका पहिलो बनेको छ । वडा नं ४ पकरवास स्थित पकरवास स्वास्थ्य चौकी ८७.० अङ्कसहित पहिलो भएको जनस्वास्थ्यका सूचना अधिकारी मोक्तानले रामेछाप टाइम्सलाई बताए । 

 

त्यस्तै उमाकुण्ड गाउँपालिका प्रिति स्वास्थ्य चौकी ८४.० अंक सहित दोस्रो हुँदा ८१.० अंक ल्याएर मन्थली नगर अस्पताल तेस्रोमा समिति भएको जनस्वास्थ्य कार्यालय रामेछापले रामेछाप टाइम्सलाई उपलब्ध गराएको विवरणमा उल्लेख छ । 

 

मिलन घिमिरे
| भदौ २९, २०८१ शनिबार